2024-11-24

Close

जनकपुरधाम । प्रहरी वरिष्ठ नायव निरिक्षक (वरिष्ठ सई) हरुको तलब बढाउन सर्वोच्च अदालतले आदेश गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलाशले वरिष्ठ सईहरुको पक्षमा आदेश गरेको हो ।

सईभन्दा पनि कम तलब पाएको भन्दै विनय चन्दसहित १४ जना वरिष्ठ सईहरुले चन्दा उठाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

वरिष्ठ सईहरुको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै वरिष्ठ सईहरुले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बीचमा अनिवार्य अवकाशमा गएका बरिष्ठ सईहरुले समेत न्याय पाएको उनले बताए ।

अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्सपेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको उनले बताए ।

नेपाल प्रहरीमा अहिले जनपदतर्फ १ हजार १ सय ७१ वरिष्ठ सईको दरबन्दी छ ।

प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोभन गरेर वरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो । दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरु बढुवा भएका थिए ।

तर वरिष्ठको तीन तारे फुली लगाएका उनीहरुले तलब भने सई हुँदा भन्दा कम पाए । सईमा ८ ग्रेडसम्म खाएका उनीहरुले वरिष्ठ सई भए पनि पहिला भन्दा २६२ रुपैयाँ कम तलब पाए । सईमा ८ ग्रेड खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो, अहिले पनि त्यही छ ।

तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरुले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन् ।

१ साउन २०७९ बाट लागू भएको तलवमान अनुसार वरिष्ठ सईको सुरु स्केलको तलव ४० हजार ९ सय ९८ रुपैयाँ छ । सईको ३४ हजार ७ सय ३० रुपैयाँ छ ।

सई दर्जामा रहेकालाई १ हजार ४५६ रुपैयाँका दरले ८ ग्रेडसम्म दिइन्छ । जसअनुसार ८ वर्ष सई दर्जामा बिताएकाहरुको तलब ४३ हजार ९ सय ९४ रुपैयाँ हुन्छ ।

तर वरिष्ठ सईमा जम्मा २ ग्रेड दिइन्छ । प्रतिग्रेड १ हजार ३ सय ६७ रुपैयाँका दरले २ ग्रेड थप गर्दा वरिष्ठ सईको तलव ४३ हजार ७ सय ३२ रुपैयाँ मात्रै हुन्छ । जसकारण ८ ग्रेड बुझेका सईहरु वरिष्ठ सईमा बढुवा हुँदा तलब भने कम पाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर