2024-11-24

Close

जनकपुरधाम । धनुषामा एक वर्षको अवधिमा मानव बेचबिखनका लागि भारत तर्फ जान खोजिएका १५२ जना बालिका तथा किशोरीको उद्धार गरिएको छ । ललाइफकाई वेचबिखनको उद्देश्यले भारत लग्न लागिएको अवस्थामा शान्ति पुनस्र्थापना गृह धनुषा शाखाले आर्थिक वर्ष ०८०/०८१ मा १५२ जनालाई उद्धार गरी घर फर्काएको हो ।

जसमा जनकपुर – जयनगर रेल्वेबाट १२६ जना र जटही नाकाबाट २६ जना बालिका तथा किशोरीलाई उद्धार गरेर प्रहरीको रोहबरमा परिवारजनको जिम्मा लगाइएको पुनस्र्थापना गृह धनुषाकी संयोजनक रिना झाले जानकारी दिइन् । उद्धार गरिएका सबैको उमेर १८ वर्ष मुनि रहेको उनको भनाइ छ ।

मंगलबार पुनस्र्थापना गृह धनुषाले जटहीमा एक कार्यक्रम गरी बालबालिका कसैलाई पनि मानव वेचविखनको लडाइमा पछि नछाडौं विषयक अन्तरक्रिया कार्यक्रमामा उक्त विवरण प्रस्तुत गरेको थियो । त्यस्तै सोही अवधिमा २ हजार ६५६ जनालाई परामर्श सेवा समेत पुनस्र्थापना गृहका सहजकर्ताहरुले प्रदान गरेको झाले बताइन् ।

अन्तरक्रियामा प्रहरी, स्थानीय जनप्रतिनिधि, भरभलादमी लगायत सहभागी थिए । उनीहरुले मानव वेचविखनको क्रम बढेकोले अभिभावकले आफ्ना बालबच्चा तथा किशोर किशोरीमाथि विशेष निगरानी गर्नुपर्ने जोड दिइएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर