2024-11-24

Close

जनकपुरधाम । मधेश सरकारले हुलाकी राजमार्गको काम यथाशीघ्र पूरा गर्नुपर्नेलगायतका २२ बुँदे माग संघीय सरकारलाई बुझाएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको मागपत्रमा निर्माणाधीन पूर्वपश्चिम रेलमार्गको प्रमुख शहरसँग सम्पर्क हुनुपर्ने माग पनि छ ।

प्रदेशको विकासका निम्ति दीर्घकालीन सकारात्मक असर पार्ने केही योजनालाई आफूहरुले अघि बढाउन खोजेको भन्दै मुख्यमन्त्री सिंहले यसमा संघीय सरकारले साथ दिनुपर्ने बताएका छन् ।

जनकपुर जयनगर रेल यातायातमा मालवाहक रेलको व्यवस्था हुनुपर्ने, हुलाकी राजमार्ग अन्तर्गत कमला पुल लगायत अन्य पुल निर्माण पूरा गर्नुपर्ने, जानकी मन्दिर विकास कोषको स्थापना तथा जानकी मन्दिर, राम मन्दिर प्राङ्गणको सौन्दर्यकरण गर्नुपर्ने माग पनि मुख्यमन्त्रीले बुझाएका छन् ।

यस्तै जनकपुरधामस्थित बाह्रबिघा रंगभूमि मैदानलाई व्यवस्थित गर्न आवश्यक पहल हुनुपर्ने, मधेश प्रदेशका आठवटा जिल्लाहरू भारतीय नाकासँग जोडिएको हुनाले पर्यटक भित्र्याउन पर्यटकीय कोरिडोर को निर्माण हुनुपर्ने माग पनि मुख्यमन्त्री सिंहले राखेका छन् ।

कमला नदीको बगरमा बगर खेतीका लागि आवश्यक आधुनिक प्रविधि तथा स्रोत साधनमा सहयोग गर्नुपर्ने, भारतीय रेल नेटवर्कसँग जोडिएका दुईवटा सहर जनकपुर र वीरगञ्जमा व्यापारका लागि आवश्यक स्रोत र साधन प्रबन्ध मिलाउन माग गरेका छन् ।

कृषि अनुदान कृषकको खातामा सिधै जानुपर्ने व्यवस्था मिलाउनु पर्ने, बारा तथा पर्सामा औ‌द्योगिक करिडोर कार्यान्वयनमा ल्याउनुपर्ने,

हरेक जिल्लामा उद्योग क्षेत्र निर्माण गर्नुपर्ने, मधेश प्रदेशमा आईटी पार्क निर्माण गर्नुपर्ने प्रदेश सरकारको माग छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर