2024-11-24

Close

जनकपुरधाम । भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा पोस्टमा झण्डा फहराइएको छ । धनुषाको जटही सीमा नाका स्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो ।

सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराउने कार्यक्रम मनाइएको हो ।
सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष तथा राष्ट्रिय मुक्ती क्रान्ति अभियानका नेता राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल भारतको सीमा जटहीमा भारतको झण्डा फहराइएको थियो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष डा राजीव झा, नेपाल प्रहरीका वरिष्ठ सई सुरेन्द्र खेरवार यादव, सशस्त्र प्रहरी सई शिव खवास र भारतको तर्फ बाट सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख इन्स्पेक्टर सुनिल दत्त, जयनगर कार्यालयका इनस्पेक्टर अंकुर मिश्रका साथै एल सी एस पिपरौन कार्यालयबाट सञ्जय कुमारको उपस्थिती रहेको थियो ।

नेपाल र भारतको पौराणीक नाताका साथै छिमेकी देश रहेकै कारण नेपालबाट पनि भारतलाई शुभकामना दिनेको ओइरोनै लागेको हुन्छ ।

यस अवसरमा, भारतले नेपाल स्थित विभिन्न संघसंस्थाहरूलाई एम्बुलेन्स र स्कुल बस प्रदान गर्दै सहयोग गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर