वीरगन्ज ३२ श्रावण
पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध चरेश र गाँज सहित एकजनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजाको धुलो ( पोलाण्ड) २५७ र चेश १९२ किलो गरि ४८९ किलो सहित एकजनालाई पक्राऊ गरको छ।उक्त लागूऔषध सहित पक्राउ पर्नेमा कालिकामाई गाऊपालिका वडा १ मुडली बस्ने फुलसरिफ मियाँ रहेका छन।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलको अनुसार विभिन्न किसिमको लागूऔषधहरुको ठुलो परिमाणमा खरिद बिक्री भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा पर्सा प्रहरी टिलीले पटेर्वा सुगौली गाऊपालिका वडा नम्बर ४ अकवा गाऊको बाँसघारीमा छापा हानि संकाष्पदरुपमा लुकिरहेको अवस्थामा मियाँलाई ३० किलो गाँजा सहित पक्राउ गरि प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा मियाके बाँसघारीमा खाल्डो खनी बोरा भित्र लुकाई छिपाई राखिएको चरेश र गाँजा पक्राउ गरेको बताए।पक्राउ परेका मियाँलाई लागू अौषध कसुरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।त्यसैगरी पर्सा प्रहरीले श्रावण महिनामा भन्सार छलि गरि ल्याएको ८ करोड ३० लाख ३० हजार दुई सय रुपैया बराबरको सामानहरु बरामद गरेको छ।
प्रहरीले लत्ताकपडा, हाडयेवर, ईलेक्ट्रिक भेप, खाघान्न सामान लगाएतका सामानहरु पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको प्रहरीले जनाएको छ।