जनकपुरधाम । सशस्त्र प्रहरी बलले धनुषाको विभिन्न नाकाबाट लाखौँको समान बरामद गरेको हो । धनुषाको विभिन्न नाकाहरुमा खुल्ला सीमाको भारतबाट अवैद्य रुपमा भन्सार छली गरी नेपाल ल्याएका समानहरु बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषा र मातहत बेश तथा विभिन्न बिओपीहरुबाट खटि गएको टोलीले १९ लाख मूल्य बराबरको लत्ताकपडा, किरानका समानहरु बरामद गरेको हो ।
सो क्रममा एक वटा अटो र ६ वटा मोटरसाईकलसहित समान समेत बरामद गरेको हो । बरामद गरिएका समानहरु भन्सार कार्यालय जनकपुरमा बुझाईएको सशस्त्र प्रहरी बल धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए ।