अप्पन जनकपुर
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् ।
बिहीबार बिहान जनकपुरधाम विमानस्थलमा आइपुगेका मन्त्री लेखकले मधेशबाटै जोडतोडका साथ आवाज उठेको प्रदेश प्रहरी सम्बन्धी कानुन बनाउने प्रक्रिया अघि बढेको बताएका हुन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले अर्थतन्त्रलाई क्रियाशिल बनाउने, आर्थिक गतिविधिलाई गतिशिल बनाउने र संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ हुनेगरी काम गर्ने प्राथमिकता सरकारको रहेको बताए ।
नयाँ समिकरणको सरकारले दिगो शान्ति, सुशासन र विकासको लक्ष्यमा पुग्ने विषयमा केन्द्रीत भएर काम गरिरहेको जिकिर गरे ।