2024-11-24

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न वडामा क्रिश्चन धर्मावलम्बीहरुले अन्य धर्मावलम्बीहरुलाई लोभ लालच दिएर धर्म परिवर्तन गराईरहेको पाईएको छ ।

सेवा भावको नाममा शहिदनगरको विभिन्न स्थानमा चर्चको घर बनाएर अन्य धर्मका महिलाहरुलाई झुक्याएर धर्म परिवर्तन गराउन थालेको हो । धर्म परिवर्तनको लागि महिलाहरुलाई विभिन्न प्रलोभन दिँदै आएको बुझिएको छ ।

सोही क्रममा शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहाको झण्डाचोकस्थित चर्च बनाएर क्रिश्चन धर्म मान्ने एजेन्टहरुले हिन्दु धर्मावलम्बीहरुलाई प्रलोभन दिएर धर्म परिवर्तन गराउन थालेको हो ।

रोग नलाग्ने, लागेको रोग निको हुने, डाक्टर कहाँ जानु नपर्ने, मोटो रकम दिने, खान लाउन पैसा दिने, बालबच्चा निःशुल्क पढाईदिने जस्ता प्रलोभन दिएर सोझासाझा महिलाहरुलाई धर्म परिवर्तनको लागि चर्च लग्न थालेको हो । त्यसमा बालबालिकाहरुलाई समेत लगिएको देखिएको छ ।

क्रिश्चनहरुको मिशन अनुसार शहिदनगरको विभिन्न स्थानमा चर्च निर्माण गरेको हो । कमला नगरपालिका वडा नं. २ सराबे पुलस्थित समेत चर्च निर्माण गर्न थालेपछि स्थानीयहरुले रोक्का गरिदिएको हो । गाउँमा धर्म परिवर्तन गराए वापत एजेन्टहरुले मोटो रकम पाउँदै आएका छन् ।

विभिन्न गाउँमा क्रिश्चन धर्मका एजेन्टहरुले मोटो रकमको लोभमा सोझासाझालाई प्रलोभनमा पारी धर्म परिवर्तनको लागि उक्साउने गरेका छन् ।

यता, धर्म परिवर्तन गैर कानुनी रहेको भएपनि स्थानीय प्रशासन र स्थानीय जनप्रतिनीधि भने मौन देखिएका छन् । शहिदनगरका वडाध्यक्ष, मेयर, उपमेयर वा सरोकारबालाले समेत यसमा कुनै चासो नलिएको देखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर