अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको निर्देशनमा नगर प्रहरीले साँढेलाई मारेर फालेको घटना बाहिरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको बुढो साँढेहरुलाई निर्घात कुटपिट गरी मारेर फालेको हो । धनुषाको नक्टाझिझस्थित खोला किनारमा साँढेलाई निर्घात कुटपिट गर्दै बेहोस बनाएर फालेर भागेको दृश्य सिसिटिभी फुटेजमा कैद भएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहको प्रत्यक्ष निर्देशनमा नगर प्रहरीले साँढेलाई ईन्जेक्सन लगाउनुको साथै मर्ने गरी कुटेर फाल्दा एक साँढेको मृत्यू भएको हो । कैयौँ साँढे जीवन र मृत्यूसँग जुधिरहेको अवस्था छ ।
रातीको समयमा साँढेलाई कुटपिट गरी बेहोस बनाएर महेन्द्रनगर, सखुवा, नक्टाझिझको विभिन्न खोला किनारमा अपाँग बनाएर फाल्ने गरेको घटना बाहिरिएको हो । जनकपुरधाम उपमहानगरपालिकाले नामको लागि गौशाला बनाएपनि साँढेको हालातप्रति सरोकारबालाहरुको ध्यानाकर्षण भएको छ ।
केही साँढेहरुलाई बर्दिवासको जँगल छेउमा समेत फालेको भेटिएको हो । गौशाला–सम्सी सडक खण्डमा साँढेहरु घाईते अवस्थामा भेटिएको हो । सबै साँढे जनकपुर शहरबाट लगेर नगर प्रहरीले फालिदिएको बताईएको छ ।