जनकपुरधाम । जनमत पार्टीका प्रदेश सभा सदस्य संजय कुमार यादवले सिडियो र एसपी दरबार संघ सरकारको नियन्त्रित दरबार रहेको बताए ।
प्रदेशसभाको तेस्रो अधिवेशनको २८ औँ अधिवेशनमा बिहिबार प्रदेशसभा सदस्य संजय कुमार यादवले सिडियो र एसपी दरबार संघबाट नियन्त्रित दरबार रहेको टिप्पणी गरेका छन् ।
उनले यो दरबारहरु कायम रहेपछी प्रदेश सरकारले शान्ति सुरक्षाको विषयमा जनतालाई आफ्ना निति अनुसार उहाँहरुको समस्या सामधान गर्न सक्ने अबस्था नरहेको बताए । उनले भने, ‘संघ सरकारको ईक्षा अनुसार चल्ने दरबार रहेको छ । संघको बर्चस्ववादी नेताहरुको इसारामा चल्ने अड्डा रुपमा रहेको बताए ।‘
शान्ति सुरक्षाको विषयमा नितिगत रुपमा समस्या समाधान गर्न दलगत एकताको सहमती गरेर अगाडि बढ्नुपर्ने आवस्यकता रहेको प्रदेशसभा सदस्य यादवले बताए ।