2024-12-27

Close

 

कृष्णा यादव

वीरगंज १७ भाद्र । सशस्त्र प्रहरी बल नेपाल पर्साले ६ महिनामा करिव ९८ लाख रुपैया बराबरको अवैध सामान नियन्त्रण गरी भन्सारमा बुझाएको छ । सशस्त्र प्रहरी बल प्रस्ताविक सिमा सुरक्षा गुल्म अलौले चैत्र महिना भदाकोै १७ गते सम्ममा ९७ लाख ६८ हजार २ सय ४१ रुपैया मुल्य बराबरको भन्सार छलेर नेपाल भित्रयाउदै गरेको अबैध सामान नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालयमा वुझाएको हो ।

सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्म अलौले चैत्र महिनामा २७ लाख ७२ हजार ३ सय ७१ रुपैया मुल्य बराबरको अबैध सामान पक्राउ गरेको छ भने बैशाख महिनामा २ लाख २ हजार ३ सय ६० रुपैया बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ भने जेष्ठ महिनामा २२ लाख २१ हजार ३ सय ५० रुपैया बराबरको आषाढ महिनामा २९ लाख ५३ हजार ९ सय ८० रुपैया बराबरको श्रावण महिनामा ५ लाख ५८ हजार १ सय ६० रुपैया बराबरको र भाद्र महिनामा १० लाख ६० हजार २० रुपैया बराबरको भन्सार छलीका अबैध सामानहरु नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा वुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले बताउनु भएको छ ।

सशस्त्र प्रहरी बल प्रस्ताविक सिमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको सामानहरुमा नेपालबाट भारत तर्फ जादै गरेको अवस्थामा ५० लाख मुल्य बराबरको मदिरा सहित एउटा पिकप नियन्त्रणमा लिएको छ भने लत्ता कपडा, सट पाईन्टका कपडा, साडी, कुर्ता शुरुवाल, कस्मेटिक सामान, भैसी रागां, हार्डवेयर, धान, मोटर पार्टस,प्याज, बिस्कुट,चिसो पेय पदार्थ, चप्पल जुत्ता, तस्करीमा ओसार पसारमा समेत संल्गन रहेका सवारी साधनहरु समेत गरी करिव ९८ लाख रुपैया बराबरको सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी वल पर्साले तस्करीमा कडाई गरेपछी धमाधम अबैध सामानहरु नियन्त्रणमा लिएर भन्सार बुझाउन थालेका छन् । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले अबैध रुपमा भैरहेको तस्करी नियन्त्रण गर्न पर्सामा रहेको सशस्त्र प्रहरीको सिमा सुरक्षा गुल्म सशस्त्र प्रहरीको विओपी र सशस्त्र प्रहरीको वेस क्याम्पलाई तस्करीमा कडाई गर्न निर्देशन दिएपछी सशस्त्र प्रहरीले धमाधम भन्सार छलीका सामानहरु नियन्त्रणमा लिन थालेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर