जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको शिक्षामा भएको विकृति तथा विसङ्गतिको अन्त्यकालागि प्रदेस सरकार गम्भीर रहेको बताएका छन। प्रदेसको शिक्षामा देखिएका कमी कमजोरी हटाउने अभिप्रायले शिक्षा नीति ल्याउन लागेको जानकारी दिए।
जनकपुरधामको याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय जनकपुरधाममा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको “याज्ञवल्क्य सदन” छात्रावासको उद्घाटन गर्दै प्रदेस सरकारले शिक्षा नीति ल्याउन लागेको बताए।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशको शिक्षाको स्तर माथि नउठेसम्म प्रदेशको विकास सम्भव नभएको बताउँदै माध्यमिक शिक्षा प्रदेश सरकारमा नभए पनि माध्यमिक तहको शिक्षामा सुधारका लागि सरकारले सबै प्रकारको सहयोग एवं लगानी गरेको र गरिरहने बताए।
उनले मधेश प्रदेशको केही जिल्लाहरूमा नमूना शैक्षिक पार्कको निर्माण गर्नका प्रदेश सरकारको चालु आर्थिक वर्षमा कार्यक्रम नै ल्याएको बताउँदै प्रदेशकै ऐतिहासिक विद्यालयको रुपमा रहेको ज्ञानकूपमा नमूना शैक्षिक पार्क निर्माण गर्न चाहेको जानकारी दिए।