2024-11-23

Close

जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा-सिरहा जोड्ने कमला नदीमा सर्वसाधारणहरु फेरी डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

नदीमा बाढी घटेपछि स्थानीयले डुंगा चलाउन थालेका हुन्। उनीहरू डुंगामा मोटरसाइकल, साइकल र पैदल यात्रीलाई आरपार गर्छन्। साइकल र मोटरसाइकल आरपार गर्दा डुंगा चलाउनेले एक सय रुपैयाँ लिँदै आएका छन्।

भासिएको कमला पुल अलपत्र परेको छ। पुलको पूर्वतिर कटानगरी नदी बग्न थालेपछि यस वर्ष डुंगा चढ्नुपर्ने अवस्था आएको छ। हुलाकी सडक अति व्यस्त मानिन्छ। तर नदीमा पुल नहुँदा ठूलो सास्ती र जोखिम मोल्नुपरेको यात्रीहरू बताउँछन्।

डुंगामा ७ र ८ वटासम्म मोटरसाइकल र दर्जनौँ व्यक्ति चढाउने गरिएको छ। एक त डुंगा जीर्ण, त्यसमा पनि क्षमताभन्दा बढी गाडी र मानिस चढाउने गरेकाले यात्रा गर्दा डर लाग्ने गरेको एक यात्रुले सुनाए।

पुल नभएको अवस्थामा डुंगामा यात्रु ओसार्नु राम्रो कुरा हो, जनकपुरधामबाट सिरहातर्फ आएका जयनाथ यादव डुंगा चढेर नदी पार गर्दा भने, पैसा लागे पनि टेन्सन छैन। तर यात्रा सुरक्षित हुनुपर्छ।

उनले डुंगाको क्षमता हेरेर कति गाडी र कति मानिस चढाउन पाउने कुरा स्थानीय प्रशासनले तोकेर यात्रा सुरक्षित गर्नुपर्ने बताए। नदीमा यात्रुहरू कसरी यात्रा गर्छ भन्ने कुरामा प्रशासन र सरकारको ध्यान नपुग्नु दुःखद् रहेको उनको भनाई छ।

यात्रुको यति धेरै बढी चाप हुने हुलाकी सडकमा पर्ने नदीमा पुल नबन्नु विडम्बना हो, उनले भने, अस्ति ईन्जिनियरहरुले अनसन बस्दा मधेश सरकारले नयाँ पुल बनाउने सहमति भयो। यो सहमति अनुसार तत्कालै पुल निर्माण प्रक्रिया अगाडी बढाउनुपर्‍यो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर