2024-12-26

Close

­
वीरगञ्ज, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) को सङ्गठनात्मक सुदृढीकरण र जनतासँगको पहुँचलाई अझ बलियो बनाउन आह्वान गर्नुभएको छ ।

बुधवार वीरगञ्जमा जसपा जिल्ला कार्यसमिति पर्साद्वारा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले पार्टीलाई सुदृढ बनाएर जनताको समस्यालाई समाधान गर्दै विकासका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढ्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूसँग आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “हामीलाई जनताको विश्वास जित्नु छ, त्यसका लागि सबै नेताहरूले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । जनताको समस्या हाम्रै समस्या हो, त्यसैले हामी सधैँ उहाँहरूको पक्षमा उभिनु पर्छ।”

जसपाका उपमहासचिव समेत रहनुभएका मन्त्री यादवले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनताको सेवामा समर्पित रहन र सङ्गठनलाई अझ एकताबद्ध बनाउन आग्रह पनि गर्नुभयो । उहाँले थप्नुभयो, “जसपा अहिले एक महत्त्वपूर्ण मोडमा छ, हामीले जनताका मुद्दालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ । विकासका कार्यहरूलाई प्राथमिकता दिनुपर्छ, जसले जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका यादवले जसपाको सुदृढीकरण र भविष्यका चुनौतीहरूको सामना गर्न आवश्यक तयारीबारे चर्चा पनि चर्चा गर्नुभएको थियो । “पार्टी एकताबद्ध भएर मात्र हामीले आगामी चुनौतीहरूलाई सफलतापूर्वक सामना गर्न सक्छौँ । हामीलाई सङ्गठनलाई मजबुत बनाउँदै जनताका विश्वास लायक बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

बैठकमा सहभागी वीरगञ्ज महानगरपालिकाका मेयर तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहले पनि पार्टीलाई सुदृढ बनाउन र जनताको सेवा गर्न सबै नेताहरू एकताबद्ध हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सङ्गठनलाई थप मजबुत बनाउन निरन्तर प्रयास गरिरहनुपर्छ ।”

त्यस्तै पर्सा जिल्ला समितिका संयोजक तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीले पार्टीलाई सफल बनाउन सक्रियताका साथ काम गर्न प्रेरित गर्दै भन्नुभयो, “हामीले जनताको भरोसा जितेर आउने दिनमा जसपालाई सफल बनाउनु पर्छ ।”

बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले मन्त्री यादवको भनाइलाई सकारात्मक रूपमा लिँदै, पार्टीको हितका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकमा जिल्ला समितिका पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रतिनिधि, तथा पार्टीका अन्य सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो । उपस्थितहरूले बैठकमा पार्टीको वर्तमान स्थिति, सङ्गठनात्मक गतिविधि, र आगामी रणनीतिहरूको बारेमा विस्तृत छलफल गर्नुभएको थियो । बैठकले आगामी दिनमा जसपाको भूमिकालाई बलियो बनाउने उद्देश्यले विभिन्न योजना र कार्यक्रमहरू अघि सार्ने निर्णय पनि गरेको छ ।

विस्तारित बैठकले जसपा पर्साको सङ्गठनात्मक सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास गरिएको छ । साथै, यसले पार्टीलाई आगामी दिनमा जनताको सेवा र विकासका मुद्दामा केन्द्रित गराउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर