जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा महासचिव पदको लागि सुधिर पंजियार बलियो उम्मेदवारको रुपमा खडा भएका छन् ।जनकपुरधामको बजारमा कमजोर बन्दै गएको व्यापार र व्यवसायीक चहलपहललाई पुर्नजीवन दिने उनले बताए ।
जनकपुरधामको पुरानो आकर्षणलाई पुनः त्यही अवस्थामा ल्याउन नयाँ व्यवसायीक योजना, नीतिको आवश्यकता परेको पंजियारको बुझाई छ । परम्परागत व्यापार व्यवसायमा आधुनिकता भरेर जनकपुरधामलाई ब्यापारिक पर्यटकीय शहरको रुपमा विकास गर्ने उनको योजना छ । महासचिवका उम्मेदवार पंजियारले उद्योगी, व्यवसायीले भोग्दै आएका समस्या र चुनौतीलाई समाधान गर्न नेतृत्वदायी भूमिका निभाउने बताएका छन् ।
जनकपुरधामका उद्योगी व्यापारीहरू पंजियारको उम्मेदवारीलाई स्वागत गर्दै, उनको नेतृत्वमा व्यवसायीक विकासको अपेक्षा गरेका छन् ।
महासचिवकै लागि गणेश साह, अशोक चौधरी, फुल्देव पंडित र सुधिर पंजियारले समेत उम्मेदवारी दिएका छन् । आगामी भदौ २९ गते जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाव हुने भएको छ ।