जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एकजना व्यक्तिको शव फेला पारेको छ । जिल्लाको औरही गाउँपालिका ५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव गोताखोरको टोलीले फेला पारेको हो ।
बिहिबार दिउँसो करिब ४ बजेको समयमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उनको शव गोताखोरको टोलीले शुक्रबार करिब २४ घण्टापछि फेला पारेको सशस्त्र प्रहरी बल नं ८ गण धनुषाका गणपति एसपी दर्शन गिरीले जानकारी दिए ।
बिहिबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनि बर्दिबासका गोताखारको टोली र सोनिगामा बेश क्याम्पका विपद व्यवस्थापन तालिम प्राप्त टोलीले शुक्रबार दिउँसो साढे ४ बजेको समयमा फेला पारेको एसपी गिरीले बताएको छ ।
बेपत्ता मण्डललको शव डुबेको स्थानबाट करिब २ किलोमिटर दक्षिण तर्फ मृत अवस्थामा फेला पारी नहरबाट शव निकालिएको हो । मृतक मण्डललको शव पोस्टमार्टमको लागि जनकपुरधामस्थि प्रादेशिक अस्पतालमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।