अप्पन जनकपुर
जनकपुरधाम । यहि भदौ २९ गते हुन गईरहेको जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा अध्यक्ष पदका उम्मेदवार मनिष रमन साहले जनकपुरधामका व्यवसायीहरु आफ्नो पक्षमा मत दिने विश्वास जनाएका छन् ।
महासंघको चुनावमा पीक आवरमा हुँदा चुनावी अभियान दौडाहामा रहेका उम्मेदवार मनिष रमन साहले यहाँका व्यवसायीहरुको लागि आफ्नो पछिल्ला कार्यको मूल्याँकनको अपेक्षा गरे । यहाँका व्यवसायीहरुको लागि आफूले गरेको कार्यहरुको मूल्याँकन गरी मतदान गर्ने उनले विश्वास जनाए ।
यहाँका उम्मेदवारहरु विभिन्न प्रलोभन बाँडेर व्यवसायीलाई तान्ने प्रयास गरिरहँदा मनिष रमन साहले यहाँका व्यवसायीहरुलाई चाहिने व्यापार ग्यारेन्टी, व्यापार समृद्धिको ग्यारेन्टी आफूले दिने बताए । घोषणा पत्रमा व्यवसायीहरुको हकहितको लागि आफूले जे जाहेर गरेपनि व्यापार समृद्धिको ग्यारेन्टी उनले लिए ।
उनले भने, –“जनकपुरधामको व्यापार खस्किँदै गएको छ । यो अवस्था जनकपुरको बजारले वा व्यापारीले ल्याएको होईन् । बिचौलिया, दलालहरुले सृजना गरेको अवस्था हो । यहाँका भनाउँदा मुखौटा, सरकारका कर्मचारीहरुले ल्याएको यो अवस्था हो । यहाँको व्यापार नचल्ने अवस्था कहिल्यै थिएनन् । अहिले पनि छैनन्, तर, केही दलाल, पूँजीवादीहरुको गैर व्यापारिक हर्कतले यस्तो अवस्था तुल्याएको छ । म यो सिन्डीकेटलाई ब्रेक गर्ने प्रयास गर्छु । यो सिन्डीकेट ब्रेक भएपछि यहाँको व्यापार पहिले झैँ दनादन चल्ने ग्यारेन्टी छ ।”
जनकपुरधामको व्यापारलाई समृद्धि तर्फ लैजानको लागि मेरो नेतृत्वको टीमले मासिक रुपमा व्यापारीहरुसँग निरन्तर छलफल, सल्लाह, सुझाव सँकलन, एक अठोट नियम लागू गर्ने गरी कार्यविधि तयार पारेको बताए । सूचना अभावमा यहाँका व्यापारीहरु, सरकारको नियम कडाई भएर यहाँका व्यापारीहरु मारमा परेको बताउँदै यस अवस्थालाई टाल्नु अहिलेको आवश्कताप्रति जोड दिए । उनले जनकपुरधाम व्यापार संघमा आवद्ध व्यापारीहरुले आफ्नो प्रतिनीधि चयन गर्न कुनै बेईमानी नगर्ने विश्वास जनाए ।