वीरगंज १८ शुुक्ररबार चाडपर्बको बेलामा सिमानाकाको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको संरक्षणमा बाराको मटिआर्वा, छतवा पुरेनिया नाकावाट व्यापक रुपमा तस्करी भईरहेको छ।सशस्त्र प्रहरीले बारा जिल्लाको छेउछाउमा रहेका नाकाहरुमा देखावटीको लागि तस्करीमा कडाई गरि किराना सामान, घरयासी प्रयोजनका ल्याउने सामानहरु समेतमा कडाई गरि जनतालाई दु:ख दिएको छ भन्ने ग्रामीण भेगका नाका मटिआर्वा , छतवा, पुरनिया लगाएतको नाकाहरुबाट छुट दिई ठुलो मात्रामा तस्करी गराउदै आएका छन।सशस्त्र प्रहरी सिमा सुरक्षा प्रस्तावित मटिआर्वा र सशस्त्र प्रहरी बल छतवा नाका संरक्षणमा मटिआर्वा , छतवा नाकावाट ठूलो मात्रामा कवाड ,लत्ताकपडा , युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा ईलाची , लत्ताकपडा ,भैसी, काजु , किसमिस, नारियल र हुन्डी रकमको कारोबार ठूलो मात्रामा भेैईरहेको समाचार प्राप्त भएको छ।मटिआर्वा नाकाबाट विरेन्द्र नाऊको तस्करले करिब २० देखि २५ वटा मोटरसाइकल प्रयोग गरि काजु, किसमिस र लत्ताकपडा लगाएतको सामानहरुको तस्करी गर्दे आएका छन्। सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी राजु आर्याल तस्करी बन्द गर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख काली ध्वज र सशस्त्र प्रहरी बल १२ नम्बर गणका बाराका प्रमुख संतोष सिंह र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिआर्वाका प्रमुख बिदुर भट्टराई निर्देशन विपरीत तस्करी लाईन दिई धज्जिया उडाउदै हिडेका छन। आहिले मटिआर्वा नाका बाट कबाड र लत्ताकपडाको तस्करी ठुलो चम्केको छ / कबाड, लत्ताकपडा , हाडयेवर लगाएतको तस्करी सो नाकाबाट धेरै दिन देखि चलिरहे विभिन्न पत्र पत्रिकामा आएपनि प्रहरीले रोक्न सकेको छैन । रोक्न नसक्नुले सशस्त्र प्रहरी माथि प्रशन्न खडा भएको छ ।सशस्त्र प्रहरीको संरक्षणमा मटिआर्वा नाकाबाट दिनहुुँ १०० देखि ३०० सयको हराहरीमा ठेलामा कबाड लोड गरि नेपालबाट भारततर्फ भित्र्याउने गरेको छ भन्ने रातिको समयमा १५ वटा भन्दा बढी मोटरसाइकलमा लोड गरि सो नाकाबाट लत्ताकपडा, रजनिगन्धा, किराना सामानहरु लोड गरि भारतबाट नेपाल भित्रिने गरेको छ ।तस्करहरुले कवाडको नाममा विभिन्न महंगा-महंगा सामानहरु नेपालबाट भारततर्फ लैजाने समेत गरेका छन् । उनीहरुले खास गरेर रातिको समयमा मटिआर्वा गाउँ हुँदै भारतीय सीमावर्ती सहर आदापुरसम्म ती समानहरु पुर्याउने गरेका एक स्थानीयले बताए ।मटिआर्वा नाकाबाट हुने कवाड तस्करी वापत, सशस्त्र प्रहरी १२ नम्बर गणका प्रमुख सिंह, , सशस्त्र प्रहरी मटिआर्वाका डिएसपी बिदुर भट्टराईले लाखौ रुपैयाँ बुझि ठुलो मात्रामा कबाडको तस्करीको लाइन खुलाएका हुन् ।त्यस क्षेत्रमा लागि खटिने सशस्त्र प्रहरी मटिआर्वाको सेटिङ्गमा राति राति कबाडको नाममा बहुमूल्य बस्तुहरु भारततर्फ निर्यात हुने गरेको ती स्थानीयको दाबी छ ।सशस्त्र प्रहरी बीओपी इन्चार्ज भट्टराईले काबाड र लत्ताकपडा लगाएतको तस्करहरु संग लाखौं रुपैयाको डिआईजी र एसपिको नाऊमा समेत रकम बुझि ठुलो मात्रामा तस्करीको लाईन खुल्ला गरेको कुरो बहिरिएको छ ।मटिआर्वा नाकाबाट भन्सार छलेर अवैध मालसान भित्रने / बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा चिम्लिँदा राम्रो आम्दानी हुने गरेको नाम नखोल्ने सर्तमा एक जना सशस्त्र प्रहरीले बताए।रातदिन सशस्त्र प्रहरीको सिमामा गस्ती रहे पनि तस्करीका सामान बरामद नहुनु, मानिस पक्राउ नपर्नुले मिलेमतो भएको पुष्टि गर्दछ ।
बाराको छतवा बरैनिया, मटिअर्वा, गोपालगंज, सिम्रौनगढ नाकाबाट भने दिउँसो र रातीको समयमा खुलेआम तस्करी भइरहेको पाइएको छ ।यस्ता गतिविधि तर्फ आईजिपी राजु आर्यलको यस्ता गतिविधि तर्फ उहाँहरुको ध्यान जान यति आवशयक देखिएको छ।