जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको कोषाध्यक्षमा परमेश्वर साह (आशा) निर्वाचित भएका छन् ।
आफ्ना प्रतिद्धन्द्धी मनोज कुमार शर्मालाई ४९५ मतले पराजित गर्दै परमेश्वर साह (आशा) विजयी भएका छन् । मतगणना अनुसार परमेश्वर साह (आशा) १४४३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मनोज कुमार शर्माले ९४८ मत,राकेश कुमार साह ६७१ मत,रामचन्द्र पजियार (करण) ४१२ मत पाएका छन् । भने ९२ वटा मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।
संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएको छ। उपाध्यक्ष पदमा भने लक्ष्मण साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा मनोज कुमार साह र महिला उपाध्यक्षमा रिंकु साह निर्वचित भई सकेका छ्न ।
संघको सम्वद्व सदस्यमा रेडिमेड संघका अभय मुरारका निर्वाचित भइसकेका छन् । रेडिमेड, सुनचाँदी र पोल्ट्रिर्फम गरि तिन बस्तुगत मतदाता रहेको सो सदस्यका लागि रेडिमेडबाट मुरारका र एकजना सुनचाँदीबाट दुईजना उम्मेदवार थिए । पोल्ट्रिर्फमले रेडिमेडलाई मत दिएपछि मुरारका विजयी भएका हुन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४०७६ जना मतदाता थिए । शनिबार भएको मतदानमा ३५७४ मत खसेको थियो ।