2024-11-23

Close

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाका सबभन्दा नजिकका पात्र मानिएका कुलदेव मोरबैता (कारी) ले रामचन्द्र झा आफूबाहेक अरुलाई कहिल्यै नहेरेको आरोप लगाएका छन् ।

पार्टी प्रवेशको विषयालाई लिएर जसपाका नेता पशुपति यादव र एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाबीच वाक युद्ध चलिरहँदा कुलदेव मोरबैताले समेत आफ्नो मुख खोलेका छन् ।

उनले रामचन्द्र झालाई आफू ३९ बर्षसम्म सेवा गर्दा पनि कुनै अवसर नदिएको आरोप लगाएका छन् । नवयुवा अवस्थादेखि नै आफू झासँग लागेको बताउँदै सो अवधिमा कहिल्यै पनि आफूलाई अवसर नदिएपछि आफू एमालेमा प्रवेश गर्न बाध्य भएको बताए ।

उनले भने,“म भन्दा अधिक सेवा गर्ने कोही छैनन् । म विगत ३९ बर्षदेखि रामचन्द्र झाजीको सेवा गरेको कसले देखेका छैनन् र ? तर, उहाँको प्रवृति मैले ३९ बर्षपछि मात्र थाहा पाए । उहाँ स्वार्थी नेता हुनुहुन्छ । आफू बाहेक अन्य कसैलाई पनि अगाडी बढन नदिने प्रवृतिले पनि आज एक्लो हुनुभएको छ उहाँ । एमालेमा हुँदा पनि उहाँको एही प्रवृति थियो । त्यतिबेला एकल शासनको रुपमा भएको थियो । लोकतन्त्र आएपछि विभिन्न दलहरु, उम्मेदवारहरु आउन थालेपछि बल्ल उहाँको असलियत बुँझिदै गयो ।”

कारी मोरबैताले रामचन्द्र झालाई आफू छोरा जस्तै सेवा गरेको सुनाए । लगमाबाट भारत बिहारको कमलावैरपट्टि भागेको बेला आफूहरु ल्याएर चुनाव लडाएको सुनाउँदै उनले झाले सो गुणहरु बिर्सेको बताए ।

उनले रामचन्द्र झा र जसपाका जिल्ला अध्यक्ष पशुपति यादवबीच चलेको जुबानी जँगप्रति प्रतिक्रिया दिँदै आफू एमाले पार्टीमा भएपनि पशुपति यादवलाई समर्थन गर्ने बताए । पशुपति यादव युवा नेता भएकोले उनलाई समर्थन गर्ने प्रतिक्रिया दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर