विपिन यादव
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी बालकृष्ण प्रधानलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा जनकपुरधाममा दरबन्दी रहेको प्रहरी निरिक्षक बालकृष्ण प्रधान अहिले जिल्ला प्रहरी कार्यालय धनुषा अपराध अनुसन्धानमा कार्यरत छन् ।
उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ भदौ महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक बालकृष्ण प्रधानलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कदर पत्र समेत प्रदान गरेका छन् । प्रहरी निरीक्षक बालकृष्ण प्रधानलाई भदौ महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईन्सपेक्टर बालकृष्ण प्रधान अपराध अनुसन्धान र नियन्त्रणको क्षेत्रमा भदौ महिनाभरीमा उत्कृष्ट भूमिका खेलेको छ ।
गत भादौ १६ गते जनकपुरधाम उप-महानगर पालिका वडा नं.२० रुपैठा स्थित मोटरसाइकलले ठक्कर दिई दुर्घटना परि ऎ.ऎ. बस्ने अख्तर राईनको छोरा बर्ष ६ को अजमत राईनको उपचारको क्रममा मृत्यु भएको घटना संङ्लन फरार रहेको व्यक्तिको खोजतलास तथा अनुसन्धान गरि मधेश प्रदेश २-०२-००४ प. ३२४४ नं. को FZ मोटरसाइकल र मानिस सहित पक्राउ गर्न सफल भएको, विभिन्न मितिमा जनकपुरधामको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरु चोरी भएको घटनामा सुक्ष्म अनुसन्धान गरि गराई चोरी गर्ने तथा खरिद गर्ने गिरोहहरु लाई ६ वटा मोटरसाइकल सहित भारतको हरलाखे र बासुपट्टि नाकाबाट बरामद गरि मानिस सहित नियन्त्रण लिई कानुनको दायरामा ल्याउनु महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, गत २८र२९ गते ईन्जिनियर एसोसिएसन र उद्योग वाणिज्य संघको निर्वाचनमा सुरक्षा कमान्डरको रूपमा अहम भूमिका निर्वाह गरि उक्त निर्वाचनहरु शान्त तथा सफलता पुर्वक सम्पन्न गर्न गराउन अहम भूमिका निर्वाह गरेको, भन्सार चोरी निकासी पैठारीका लाखौंको सर-सामानहरु बरामद गरि राजस्व वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भदौको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।