2024-11-22

Close

जनकपुरधाम । वडा दसैँको पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, राजदेवी मन्दिर, बौद्धीमाइ मन्दिर, अमरखाना माई मन्दिरसहितको शक्तिपीठमा हिन्दु परम्पराअनुसार घटस्थापनाका दिन देवी देवताको पूजा आराधना गर्नेको भीड लागेको छ ।

घटस्थापनाका दिनदेखि जनकपुरधामको राजदेवी मन्दिरमा पूजा आराधना गर्न भक्तजनको भिड लाग्ने गर्छ । श्रद्धालु भक्तजनको सहजताका लागि राजदेवी मन्दिरको १० दिनसम्म पूजाको व्यवस्थापन गर्दैआएको स्थानीय महावीर युवा कमिटीले जनाएको छ ।

राजदेवी मन्दिरसहितको शक्तिपीठलाई विशेष किसिमले फूलमालाका साथै झिलिमिली पारेर सजाइएको छ । मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई कुनै किसिमको असुविधा हुन नदिन कमिटीले एकसयको हराहरीमा स्वयंसेवक परिचालन गरेको महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताउनुभयो ।

विशेषगरी सप्तमी र अष्टमी तिथिमा श्रद्धालु भक्तजनको विशेष भिड हुनेगरेको र त्यसलाई मध्यनजर गरी स्थानीय प्रशासनसँगको समन्वयमा कमिटीले मन्दिरभित्र र बाहिर सिसिटिभी जडान गरी निगरानी गर्ने अध्यक्ष गुप्ताले जानकारी दिए ।

मन्दिरमा विशेष पूजाका साथै साँझ भजन सन्ध्या कार्यक्रमको समेत आयोजना हुने गरेकाले नेपाल भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजन जनकपुरधामको राजदेवी मन्दिरमा पूजा आराधनाका लागि दंसैमा आउने गरेको महावीर युवा कमिटीका सदस्य दीपक गुप्ताले जानकारी दिए ।

दसैँ सुरु भएसँगै जनकपुरधामको बजारमा सर्वसाधारणको चहल-पहल बढेको छ । स्थानीय प्रशासनले समेत जनकपुरधाम नगर क्षेत्र भित्रमा सुरक्षा सतर्कता बढाएको धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश तिवारीले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर