अप्पन जनकपुर
विपिन यादव
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ तेतरिया चोकमा नेकपा एमाले वडा कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५० जना नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन ।
दिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्याक्रमका प्रमुख अतिथी मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्री सरोज यादवले उमाशंकर अरगरिया र सन्जिब झाको अनुरोधमा आर्थिक बर्षमा ६५ करोड मनहरपुर देखि खडियानी सडक, सहिद सुर्यनाथ रान अस्पताल र यहि क्षेत्रमा मदन भण्डारी कैन्सर अस्पताल बजेटमा, यहि क्षेत्र नं. २ मा आर्थिक बर्षमा विनयोजन भएको बताउनुभयो ।
उहाँले तिहार तथा छठ पर्व सभ्यरुपले मनाउन आग्रह गर्नुभएको छ ।
यस्तै विशिष्ट अतिथी एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य सन्जिब झा सुरजले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
वडा कमिटीका अध्यक्ष सतनाम यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष राजकिशोर यादव, सचिव, क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैत लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश ‘ख’ का संयोजक सुरेन्द्र मण्डल लगायत जिल्ला कमिटीका सदस्यहरु र सोही क्षेत्रका प्रदेश कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।