अप्पन जनकपुर
जनकपुरधाम । भारतबाट भन्सार छली नेपाल भित्राउन लागिएको प्रतिबन्धित माछा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुर कमाण्डको गस्ती टोलीले धनुषाको महिनाथपुर इलाकाबाट ३० किलो प्रतिबन्धित माछा बरामद गरी नष्ट गरेको हो ।
बरामद प्रतिबन्धित माछा बजार मूल्य अनुसार ९ हजार बढी रुपैयाँको रहेको नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले बताए ।
बरामद गरिएको प्रतिबन्धित माछा विदेह नगरपालिका १ का वडाअध्यक्ष संजय पाण्डे, पशु क्वारेन्टाइन प्राविधिक राकेश यादव, नेपाल प्रहरी प्रतिनिधि, स्थानीय नागरिक, पत्रकार लगायतको उपस्थितिमा नष्ट गरिएको हो ।