2024-11-21

Close

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशको राजधानी जनकपुरधामलाई सफा राख्न आग्रह गरेका छन् ।

बुधबार मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै यस्तो आग्रह गरेका हुन ।

मधेश प्रदेशका राजधानी जनकपुरधाम धार्मिक, पौराणिक, सांस्कृतिक र पुरातात्त्विक सहर भएको सर्वविदित नै रहेको उनको भनाइ छ । पवित्र भूमि फोहोरको सहर भएको सर्वत्र चर्चा हुने गरेको उनले बताए ।

उनले ‘जनकपुरधाम सहर, फोहोरको सहर’ रहेको आम जनमानसमा रहेको पाइएको बताए ।

सडकमा फोहोर थुपारिने भएकाले झन् चारैतिर नकारात्मक सन्देश गइरहेको भन्दै मुख्यमन्त्री सिंहले यो विकृतिलाई रोक्नुपर्ने बताए ।

उनले भने, ‘दीपावली, छठसहित विवाह महोत्सव आइरहेका छन् । जहाँ लाखौं भक्तजनहरू आउँछन् । त्यसकारण पवित्र भूमिलाई स्वच्छ बनाउन हामी सबैले संकल्प लिनुपर्छ । सबैले हातेमालो गरेमा यो सम्भव हुनेछ ।’

मुख्यमन्त्री सिंहले सम्बन्धित ठाउँमा मात्रै फोहोर राख्न आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर