अप्पन जनकपुर
जनकपुरधाम । सशस्त्र प्रहरीले नेपालमा प्रतिबन्ध लगाएको विष्फोटजन्य पदार्थ पटाका बरामद गरेर नष्ट गरेको छ ।
धनुषाको विदेह नगरपालिका वडा नं.१ स्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले प्रतिबन्धित पटाका बरामद गरेको छ । भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याइरहेका पटाका बरामद गरेको हो ।
नेपाल सरकारले पैठारी गर्न प्रतिबन्ध लगाइएका समान पटाका चाड पर्व तिहार छठको मौका पारी ल्याईरहेको अवस्थामा गस्तीको क्रममा अन्दाजी मूल्य रु २३ हजार बराबरको पटाका बरामद गरि नस्टमा विदेह नगरपालिका वडा नं.१ का वडाअध्यक्ष संजय पाण्डे, प्रहरी चौकी ठाढिझिझा, पत्रकार र स्थानीयहरूको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरले जनाएको छ ।