काठमाडौं । लोकतान्त्रिक विद्यार्थी संघको नयाँ नेतृत्व चयनमा धिरज बिष्टलाई सह-महासचिव पदमा मनोनयन गरिएको छ। बिष्टको मनोनयनले संगठनभित्र नयाँ उत्साह थपेको बताइएको राजनीतिक प्रतिबद्धता, नेतृत्वदायी क्षमता, र विद्यार्थीहरूको आवाज बुलन्द गर्न गरेको सक्रिय भूमिकालाई कदर गर्दै उनलाई यो जिम्मेवारी सुम्पेका हुन्। मनोनयनपछि बिष्टले आफू विद्यार्थीको हकहितका मुद्दामा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
धिरज बिष्टले संगठनभित्र लामो समयदेखि विभिन्न तहहरूमा जिम्मेवारी सम्हाल्दै आएका छन्।
उनको मनोनयनसँगै संगठनले आगामी दिनमा विद्यार्थीहरूको हक र अधिकारका मुद्दामा अझ सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। बिष्टले शिक्षा नीति सुधार, क्याम्पसहरूमा अनुशासन कायम गर्ने र विद्यार्थीहरूको अवसर प्रवर्द्धन गर्ने मुद्दालाई प्राथमिकतामा राख्ने बताएका छन्।
बिष्टलाई सह-महासचिवमा नियुक्त गरेपछि संगठनभित्र नयाँ ऊर्जा थपिएको महसुस गरिएको छ। अबको कार्यकालमा संगठनले विद्यार्थीहरूको माग सम्बोधन गर्न अझ प्रभावकारी पहल गर्ने विश्वास लिइएको छ।