2024-12-03

Close

जनकपुरधाम । दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाइ गरेका छन् । शुभ दिवाली तथा छठ पर्वको उपलक्ष्यमा नेपाल र भारत सीमा नाका दुहबीबाट सरसफाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरको सहकार्यमा नाकामा सरसफाइ गरिएको हो । दुहबीसँग जोडिएको दुहबी बजार आसपासको दशगजा क्षेत्र तथा दुहबी बजारमा सरसफाइ गरिएको हो ।

शनिबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुर, भारतीय सीमा सुरक्षा बल एसएसबी, वडा जनप्रतिनिधि, स्थानियबासी, संचारकर्मी सरसफाईमा खटिएका थिए ।

सरसफाइमा कार्यक्रममा स्थानीय बजार ब्यवस्थापन समिति, सुरक्षाकर्मी, वडा जनप्रतिनिधि, स्थानियबासी, संचारकर्मीको सहभागिता थियो । दुहबी सीमा नजिकै रहेको विदेह नगरपालिका २ दुहबी बजारमा सरसफाइ गरेको हो ।    

सीमामा रहेको बजारमा दुर्गन्ध बढ्दै गएपछि सरसफाई कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म महिनाथपुरका गुल्मपति डिएसपी शंकर तिवारीले बताए । उनले सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल एसएसबी बीचको सम्बन्धलाई सुदृढ बनाउनका लागि विभिन्न गतिविधि हुँदै आएको बताउँदै सीमा क्षेत्रमा पनि वर्षेनी सरसफाइ कार्यक्रम गर्दै आएको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर