बारा ।देशकै ठूलो आर्थिक नाका वीरगंज भन्सारमा सशस्त्र प्रहरीको कडाइपछि तस्करहरुले सीमावर्ती जिल्लाका ग्रामीण इलाकाहरुमा आँखा लगाएका छन्। वीरगंजमै बसिरहेका तस्करी कारोबारीहरु भने बारा र पर्साका ग्रामीण इलाकातिर सरेका हुन् ।पर्साका ग्रामीण इलाकाबाट कारोबार गरिरहेका हुन्छन्। बाराको बलिरामपुर नाकातिर सरेको पाइएको छ । बलिरामपुर नाका हुँदै तस्करहरुले बाराको जीतपुरसम्म मोटरसाइकल तथा साइकलबाटै काजु, छोकडा, चिनी, लत्ताकपडा र कबाड लगायतको तस्करी दिन दुई गुणा रात चौगुणाका दरले गरिरहेको पाइएको छ। उनले नाकाबाट चिनी, काजु, छोकडा नेपाल भित्र्याइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराको संरक्षणमा प्रहरी चौकीका इञ्चार्ज र घुमुवा प्रहरीले लोभ गर्दा बारा र पर्सामा पूर्णरुपमा तस्करी नियन्त्रण भने हुनसकेको छैन । फलस्वरुप प्रहरीका सीमा इन्चार्ज र केही घुमुवा प्रहरीकै सहयोगमा तस्करहरुले मालसमान ओसारपसार गरिरहेका छन् । बलिरामपुर चौकीका इञ्चार्ज रबिन्द्र शाह तुराहाले मोटो रकमको नजराना बुझि‘लाइन’ दिएपछि तस्करहरुले एकैपटक धेरै सामान ओसारपसार गर्न नपाइने भएकाले २४ सै घण्टा तस्करी गरिरहेका छन् । यो काम व्यवस्थित गर्न चौकीको घुमुवा परिचालन भएका छन् ।यता बाराबाट आएको तस्करीको सामान वीरगंज हुँदै हेटौँडा, नारायणगढ, पोखरा, काठमाडौँ र पूर्वतिर पठाउनका लागि जिल्ला प्रहरी कार्यालयका घुमुवा दास भन्ने पनि सहयोगी बनेको स्रोतको दाबी छ । ससाना पोका र बोरामा तस्करी गर्न लाइन खुलाइएकाले दिनरात नै तस्करी भइरहेको छ । गस्तीमा प्रहरीको गाडी निस्केको सूचना घुमुवाबाटै तस्करसम्म पुग्ने गरेकोले प्रहरी गस्तीमा निस्कँदा कारोबारी भने लुक्ने गरेको स्रोतले बताएको छ ।