2024-11-05

Close

वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् ।

धरमजित महतो र किशोरी महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षबीच झडप भएको हो ।किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजिय महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।झडपका क्रममा धर्मजित मेहता , सुशीला देवी , रामवती देवी , रमेश कुशवाहा , महन्थ महतो कोइरी लगायत घाईते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम , अमीर मेहता , अनिल कुशवाहा , उमेश कुशवाहा , बृजेश कुशवाहा लगायतका १०/१५ जनाको समूहमा आएका उनीहरुले धर्मजिय महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर