2024-11-21

Close

जनकपुरधाम । १४ वर्ष बितिसक्दा पनि रौतहटको टिकुलियास्थित पक्की पुल निर्माण सम्पन्न नभएपछि हाल इशनाथ नगरपालिकाले नदी आरपार गर्न वैकल्पिक बाटो निर्माण गरेको छ ।

रौतहटको सदरमुकाम गौर र इशनाथ नगरपालिका जोड्ने लालबकैयाको पुल निर्माणमा भएको ढिलासुस्तीले सास्ती खेपिरहेका उक्त भेगका बासिन्दालाई आउजाउमा सहज होस् भन्नका लागि उक्त पालिकाले लालबकैया नदीमा ह्युम पाइप राखी वैकल्पिक बाटो निर्माण गरेको हो ।

वर्षातको समयमा बाढी आउँदा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्ने उक्त नदीमा हाल पानी कम भएपछि पालिकाले वैकल्पिक बाटो निर्माण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले बताउनुभयो । उहाँका अनुसार वैकल्पिक बाटोले सदरमुकाम पुग्न २०÷२२ किलोमिटरको घुमाउरो यात्रा गर्नुपर्ने अवस्था टरेको छ ।

विशेष कामले सदरमुकाम गौर आउन र गौरदेखि लालबकैया पारीको गाउँ जान पर्दा ह्युम पाइपको बाटोले निकै सहज बनाएको बन्जराहाकी किसान जयन्ती मालाले बताउनुभयो । विगतमा सोही स्थानमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, डुङ्गा चढ्दा डर लाग्थ्यो अहिले स्थायी बाटो बनेपछि निर्धक्क भई आवतजावत गरिन्छ ।

रौतहट तराईको सुगम जिल्ला भ एपनि समयमा पक्की पुल निर्माण सम्पन्न नहुँदा लालबकैया पारीका बन्जराहा, औरैया, मठियालगायत इशनाथ नगरपालिकाका नागरिक वर्षायाममा जिल्ला सदरमुकाम आउजाउ गर्न तथा सदरमुकाम घर भई बकैया पारी खेतबारी भएका किसान आउजाउ गर्न जोखिमपूर्ण डुङ्गायात्रा गर्नुपर्ने बाध्यता अझै छ । उक्त समस्या दीर्घकालीनरुपमा अन्त्य गर्न २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले टिकुलिया घाटमा पुलको शिल्यान्यास गर्नु भएको थियो ।

पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले करिब १४ करोड ९२ लाख २७ हजार १५० रुपियाँमा ठेक्का सकार गरेको थियो । २०७४ असार २५ गतेभित्र निर्माण सम्पन्न गरी पुल हस्तान्तरण गर्नुपर्नेमा एक दशक बितिसक्दा पनि सम्पन्न नभएपछि कालो सूचीमा परेको उक्त कन्स्ट्रक्सन निलम्बित भयो र ठेक्का तोडियो ।

तत्पश्चात् आजाद दिपु जेभीले २७ करोड रुपियाँमा ठेक्का सकार गरेर निर्माण सुरु गरेको उक्त पुलको भुक्तानीमा भएको ढिलासुस्तीले पुल निर्माण कार्य अघि बढ्न नसकेको डिभिजन सडक कार्यालय रौतहटका इन्जिनियर अशोक यादवले बताउनुभयो । उहाँका अुनसार बजेट व्यवस्थापनको लागि सम्बन्धित मन्त्रालयमा फाइल पेस भएको छ तर कार्यान्वयन हुन सकेको छैन । पुल निर्माणको काम हालसम्म करिब ५० प्रतिशत भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गुप्ता भन्नुहुन्छ, “पुल निर्माणमा भएको ढिलासुस्तीले वर्षायाममा यहाँका नागरिक जोखिमपूर्ण डुङ्गा यात्रा गर्न बाध्य छन् । जीर्ण डुङ्गा सञ्चालनले दुर्घटना हुने सम्भावना अधिक छ । हाल बनेको बैकल्पिक बाटोले आवतजावतमा निकै सहज बनाएको छ । समयमा पक्की पुल निर्माण सम्पन्न नहुँदा २०७५ साल भदौ ९ गते सोही स्थानमा भएको डुङ्गा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर