2024-11-15

Close

विपिन यादव
जनकपुरधाम । धनुषा र सिरहाको सिमानामा रहेको कमला नदीको किनारमा देवता मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो ।

नदीको किनारमा यतिखेर तान्त्रिक विद्या सिद्ध गर्न भक्त, धामी र सर्वसधारणको घुइँचो लागेको छ । नेपालतर्फ मात्र नभएर भारतमा समेत कमला नदीमा आज लाखौंले स्नान गरेका छन् । धामी झाँक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ ।

मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलामा सदियौंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ । कमलामा स्नान पश्चात घर फर्किने बेलामा भक्तजनहरूले कमला नदीको पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन् । जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ । आफ्नो गाउँमा धामीहरुलाई डोर्‍याएर कमला र गंगासागर स्नान गर्न ल्याएका धनुषाका धामी श्री प्रसाद यादव शरीरमा देउता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको बताए । मन्त्र सिकाउनेलाई ‘धामी’ भन्ने गरिन्छ । घरको कूलदेवताको पूजापाठ गर्नेलाई ‘भगता’ भन्छन् ।       

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर