2025-01-22

Close

जनकपुरधाम । भोली सोमबारदेखि जनकपुरधामभित्रको नीजि विद्यालयहरु बन्दको घोषणा गरिएको छ ।

हिसान, प्याबसन, एन–प्याबसनले शनिबार सँयुक्त प्रेस विज्ञप्ति जारी गर्दैै जनकपुरधाम उपमहानगरपालिकाभित्र सँचालनमा रहेको र यी सँगठनहरुमा आवद्ध भएका विद्यालयहरुले सोमबारदेखि अनिश्चितकालिन बन्दको घोषणा गरिएको हो ।

जनकपुरधाम नगर भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा जनकपुरधाम उपमहानगरपालिकाले संस्थागत विद्यालय “छात्रवृत्ति वितरण व्यवस्थापन समिति।।

गत भदौ १३ गतेको निर्णयानुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा।।

अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

सोही अनुसार गर्दै आए पनि पूनः २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने हुँदा अन्य स्थानीय निकाय (भरतपुर, विराटनगर, विरगंज, बुटवल तथा टोखा) हरुको स्थलगत वा बिभिन्न संचार माध्यमबाट विवरण संकलन गरी उक्त अनुसार गरिदिनु हुन भनी पत्र मिति २०८१/०७/२९ गते नगर प्रमुखलाई पत्रमार्फत अनुरोध गरेपनि कुनै पहलकदमी नभएको भन्दै विद्यालयहरु बन्दको घोषणा गरिएको हो ।

संस्थागत विद्यालयहरुको छाता संगठन, हिसान, पेवसन तथा एन (पेवसन आवष्ट्व सम्पूर्ण विद्यालयहरु बन्द गर्न बाध्य भएको भन्दै मँसिर ३ गते सोमवारदेखि अर्को निर्णय नभए सम्म समपूर्ण संस्थागत विद्यालय बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर