2024-11-21

Close

जनकपुरधाम । कार्तिक पुर्णिमाको अवसरमा कमला आरती तथा गंगा कमला संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्तिक पुर्णिमको अवसरमा आयोजना गरिएको कार्यक्रममा मधेस प्रदेशका अर्थ मन्त्री सुनिल कुमार यादवले कमला संस्कृतिलाई आफुहरुले यहा आएर नजिकबाट बुझन पाएको बताए । उनले मधेस विधिता पुर्ण संस्कृतिको धरोहर रहेको बताउदै यसको संरक्षणमा सबैको सहयोगको आवश्यकता रहेको बताए ।
संंघीय संसद एवं पुर्व मन्त्री आनन्द प्रसाद ढुगानाले समेत कमला संस्कृतिको विषयमा आफनो धारणा राख्दै मधेसको यो एउटा जिवन्त ईतिहास रहेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य संजयकुमार महतोले समेत कमला को जिवन्त संस्कृति रहेको बताउदै कमला यस भेगको जिवनदायनि नदि रहेको बताउदै यसको संरक्षणमा जोड दिएका थिए ।
कार्यक्रममा कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले कमला मिथिला संस्कृतिको अभिन्न अंग रहेको बताए ।
कार्यक्रममा पूर्वमेयर उदयकुमार यादव, नेता श्याम यादव सहितका वक्ताहरुले आ आफनो धारणा राखेका थिए । कार्यक्रममा वक्ताहरुले
कमला बचाउ अभियान कमला संरक्षणको लागि गरिहेको कार्यको प्रसंसा गरेका थिए । धार्मिक मान्यता अनुसार, अकालमा मृत्यु भएका मानिसहरूको आत्माले शान्ति नपाएमा उनीहरूले समस्यामा पारेको अनुभव हुने गर्छ । यस्तो आत्मालाई शान्ति दिनको लागि र आफ्नो जीवनमा शान्ति र सुख प्राप्त गर्न, मानिसहरू यस मेलामा उपस्थित हुने गर्छन् ।

यस्तै, मेला अवधिभर नदी किनारमा धूप, दीप र पक्वान्न राखेर पूजा गरिन्छ । मेलामा सहभागी पण्डितहरूले विशेष मन्त्र उच्चारण गर्दै पूजाविधि सञ्चालन गर्छन् । मृत आफन्तहरूको सम्झनामा दियो बाल्ने र नदीमा बगाउने परम्परा छ । यसलाई मृतकप्रतिको श्रद्धा व्यक्त गर्ने एक माध्यम पनि मानिन्छ ।

पूर्णिमाका दिन कमलामा आउजाउ गर्ने भक्तजनको घुइँचो लाग्ने हुँदा कमला क्षेत्र वरपरका स्थानीय तहले बिहीबार र शुक्रबार बिदा दिएका छन् भने स्थानीय तहबाटै विभिन्न स्थानमा स्वास्थ्य शिविरको पनि व्यवस्था गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर