वीरगन्ज ५ बुधबार
सशस्त्र प्रहरी बल नेपाल पर्साले वीरगन्ज लगाएतको विभिन्न ठाऊहरुमा छापा हानि भण्डार गरि राखिएको सामानहरु पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले विशेष सूचनाको आधारमा भारतवाट अवैध रुपले भित्राई भण्डार गरि वीरगन्ज १० आदर्शनगर स्थित रहेको राजेन्द्र प्रसाद बरैको घरमा खानतलाशी गरि ६ लाख ४ सय रुपैया बराबरको लत्ताकपडा कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।त्यसैगरि सशस्त्र प्रहरीले वीरगन्ज माहानगरपालिका वडा नम्बर १३ स्थित तेजारा टोलमा रहेको शाह दरबार पार्टी प्यालेसमा भारतबाट अवैधरुपले ल्याई भण्डार गरि राखिएको ५ लाख ८२ हजार ३सय रुपैया बराबरको खजुर र काजु बरामद गरेको छ।पक्राउ परेको करिब ११ लाख ९७ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा, काजु र खजुर वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले जानकारी दिए।