2024-11-29

Close

जनकपुरधाम । रेखा कुमारी मण्डलको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार धनुषा प्रहरीले जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष २२ को राम ललित खत्वे मण्डल, सोही ठाउँका खजुरी बस्ने वर्ष २० को ज्ञानेन्द्र दास र ऐ. शहीदनगर नगरपालिका वडा नं.८ नाथपट्टी बस्ने वर्ष २४ को रमेश कुमार मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मंसिर ८ गते जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.४ खजुरी र ऐ. कमला नगरपालिका वडा नं.२ सरावेको बीच सीमानामा रहेको आमा खोलामा नामथर वतन नखुलेको महिलाको मृतक शव प्लाष्टिकको बोराभित्र रहेको वेवारीसे अवस्थामा फेला परेको थियो । उक्त बोरा खोली हेर्दा मृतक शवको अनुहारको बायाँतर्फ गालामा चोट लागेको, घाँटी काटीएको अवस्थामा रहेकोमा उक्त शवको प्रारम्भिक अनुसन्धान लासजाँच मुचुल्का गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा पठाइएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले बताए ।

मृतक महिलाको घर जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.५ उधा टोलमा रहेको बताउनु भयो । मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाई दाह्री काट्ने छुरा ब्लेडले घाँटी रेटी हत्या गरेर फरार भएकोमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको बताए । मृतक रेखाकुमारी मण्डलको विवाह गर्ने, सँगै बस्ने सम्बन्धमा विवाद हुँदा घटना भएको देखिएको बताए ।

मृतक रेखा कुमारी मण्डलको करिव ५÷६ वर्ष अगाडीदेखि रामललित मण्डल खत्वेसँग प्रेम सम्बन्ध रहेको खुलेको जानकारी गराए । रेखाकुमारी मण्डलको घर परिवारको मानिसहरूले उक्त सम्बन्ध स्वीकार नगरेको हुँदा रेखा कुमारी मण्डल आफ्नो घरबाट भागी रामललित मण्डल खत्वेसँग विवाह गर्न दबाब दिएको, रामललित खत्वे मण्डलले नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाई सकेपश्चात मात्र विवाह गर्ने भनेकोमा सोही विषयमा विवाद हुँदा घटना भएको जानकारी पाएको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर