2024-12-01

Close

जनकपुुरधाम । कमला पुल भाँसिएको ३ बर्ष बढी भएपनि पूल निर्माण हुन नसक्दा आम नागरिकलाई सास्ती भोग्नु परेको छ ।

भत्केको कमला पूलस्थित काठेपुल निर्माण भएपनि धनुषाको अन्य ठाउँबाट आवतजावत सहज बनाउन शहिदनगरको रामघाटमा काठेपुल निर्माण गरिएको छ ।

शहिदनगर नगरपालिका वडा नम्बर १ कुभ्म घाट, रामघाटमा स्थानीय युवाहरुले काठेपुल निर्माण गरी आवतजावत सहज बनाएको हो । सिरहातर्फ जानको लागि शहिदनगरबाट हुलाकीसम्म जान टाढा पर्ने गरेको छ । सोही समस्यालाई मध्यनजर गर्दै रामघाटस्थित समेत काठेपुल निर्माण गरिएको हो ।

विगत एकसातादेखि स्थानीय युवाहरु एकजुट भई सो पूल निर्माण गरेका हुन् । स्थानीय मनोज कुमार यादवको आर्थिक सहयोग तथा स्थानीय युवाहरुको श्रम सहयोगबाट पूल निर्माण गरिएको हो ।

धनुषा कमला रामघाट र सिरहा चिकना जोड्ने कमला नदीमा पुल निर्माण कार्य सम्पन गर्नको लागि स्थानीय दयाराम, शम्भु, राकेश, शिव शरण मोन्हा, मनोज, लालु, पवन, सरोज, विजय, सन्जन, लक्ष्मीश्वर, बिजय कुमार र जित नारायण लगायतका युवाहरुले सहयोग गरेका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर