2024-12-22

Close

जनकपुरधाम । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आएका श्रद्धालुहरु फर्किन थालेका छन् ।

विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा भगवान श्रीराम र माता सीताको विवाह सम्पन्न भयो । विवाह समारोह हेर्नकै लागि राति बसेका लाखौं श्रद्धालुहरु आज फर्किन लागेका हुन् ।

विहानैदेखि जनकपुरधाम रेल्वे स्टेशनमा श्रद्धालुहरुको घुइँचो छ । खासगरी विवाह पञ्चमीमा आउने ६० प्रतिशत बढी श्रद्धालु भारतीय हुन्छन् । त्यसैले रेल्वे स्टेशनमा भारत फर्किने श्रद्धालुहरुको ठूलो भीड देख्न सकिन्छ ।

भारतीय श्रद्धालुहरुकै लक्षित गरेर जनकपुरधाम-जयनगर चल्ने रेल सेवाको समय तालिका खारेज गरिसकेको छ । विगत तीन दिनदेखि रेल दैनिक १० पटकसम्म आवतजावत गर्छ ।

विवाह पञ्चमीको अन्तिम दिन आज जानकी मन्दिरमा ‘रामकलेवा’ आयोजना गरिदैछ ।

भारतको अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई ५६ व्यञ्जन खुवाएर दान दक्षिणासहित विदाई गरिन्छ । यो विधि (रामकलेवा) सँगै विवाह पञ्चमी विधिवत सम्पन्न हुन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर