बारा २२ गते —’घुमुवा’ । अर्थात् सादा पोसाकका प्रहरी । नेपाल प्रहरीमा गोप्य सूचना संकलन गर्न घुमुवा राख्ने प्रचलन छ । नागरिकको सुरक्षा र अपराध नियन्त्रणमा सघाउने मनसायले राखिएका घुमुवा प्रहरी पछिल्लोपटक जिम्मेवारी छाडेर ‘शतप्रतिशत’ महिनावारी उठाउन सक्रिय रहेको देखिन्छ ।जिल्ला प्रहरी कार्यालय बाराले गोप्य सूचनाको संकलनको गर्न सदा पोशाकमा खटाएको घुमुवा प्रहरी जवान बिजय यादव र क्यू- आरटी अ्थार्त टाईगर टोलीमा कार्यरत रहेका प्रहरी सहायक हवल्दार बिनोद शाहले आर्थिक आतंक नै मच्चाएको छन।बाराका घुमुवाहरू स्थानीय सुरक्षा प्रमुखकहाँ पैसा उठाएर पुर्याउने विश्वासिला माध्यम बन्न थालेका छन् । घुमुवा प्रहरीको जागिर जुन जिल्लाबाट सुरु हुन्छ अधिकांशले अवकाश पनि त्यहीँ वा आसपासका जिल्लाबाट पाउने गरेका छन् । क्राईम शाखामा कार्यरत रहेका घुमुवा जवान यादव र क्यू- आरटीका प्रमुख सहायक हवल्दार शाहको संरक्षणमा बाराको सिमानाकामा रहेका छतवानाका , मटिआर्वा , पिपरपाती , क्वहीगुठी , गोलागंज, कचोर्वा र सिम्रोनगंढ लगाएतको नाकाबाट व्यापक रुपमा तस्करी बढेको छ।पाँच बर्षीय गढीमाई मेलाको बेला सुरक्षा प्रमुख सम्बन्धित निकायहरुको ध्यान मेला तिर केन्दि्रित भएपनि प्रहरी जवान यादव र शाहले सिमानाकामा तस्करी गराए बापत तस्करहरु संग पैसा उठाउन भ्याईनभ्याई भएको छ।विगत एक बर्षदेखी जिल्ला प्रहरी कार्यालय बारामा यादव कार्यरत रहेका छन् भन्ने पहिला क्राईम शाखामा कार्यरत रहेका शाह अहिले टाईगर टोलीका ईन्चार्ज भई तस्करहरु संग रकम असुल्दै गरेका छन।
यादव र शाहलले एसपी देखि क्राईमको सईको नाऊमा समेत रकम असुल्दै आएको नाम नछाप्रने सर्तामा यश अनलाईनलाई एक तस्करले बताएका छन।जिल्ला प्रहरी कार्यालय बारा प्रमुख एवम प्रहरी उपरीक्षक महेन्द्र खड्काले तस्करी पुर्णरुपले बन्द गर्ने निर्देशन दिदै आएपनि उनको निर्देशन विपरीत जिल्ला प्रहरी कार्यालय वाराको क्राईम शाखामा कार्यरत रहेका जवान यादवले तस्करहरु संग मोटो रकमको नजराना बुझि तस्करीको लाईन दिदै आएको नाम नछाप्रने सर्तमा स्रोतले जनाएको छ।जवान यादव र शाहको यस्तो हर्कतले एसपी खड्काको समेत बदनामी हुने गरेको राजनितीक दलका एक नेताले बताएका छन्।यस्ता गतिविधि तर्फ नेपाल प्रहरीका आईजिपी वसन्त कुवर , मधेश प्रदेशका डिआईजी र बाराको एसपीको ध्यान जान यति आवशयक देखिएको छ।