जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा पुरन साह विजयी भएका छन् ।
शुक्रवार नेपाल पत्रकार महासंघको देशभर एकैसाथ सम्पन्न निर्वाचनको क्रममा धनुषाका पत्रकारहरूले पनि नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए ।
मतगणना पूरा भएपछि नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार पुरन साहले नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष पदमा जित हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, खसेको कुल १३४ मतमध्ये साहले ८२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नित्यानन्द मण्डललाई ३० मतको फराकिलो अन्तरले पराजित गरेका छन् । प्रतिद्वन्द्वी मण्डलले ५१ मत मात्र प्राप्त गरेका छन् ।