जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ सिरसियामा वडा कार्यालय भवन शनिवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षले वडा भवनको शिलान्यास गर्नु भएको हो ।
शिलान्यास पश्चात बोल्दै वडा अध्यक्ष विमलेशले भवनको अनुमानित लागत ५२ लाख बिना मु.अ.करका रहेको बताउनु भएको छ । उहाले वडा कार्यालय भवनमा दुईवटा कोठा, शौचालय निर्माण हुने जानकारी दिनु भएको छ । उहाले वडाको शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बताउनु भएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष संजय कुमार शर्माले भने प्राविधिक अध्ययन अनुसन्धान समय बदलिदो परिवेशअनुसार वडा कार्यालय भवन निर्माण हुने बताउनु भएको छ । वडा कार्यालयको भवन निर्माणमा निगरानी र गुणस्तरमा विशेष ध्यान दिइने बताउनुभयो ।
भवन शिलान्यास कार्यक्रममा अध्यक्षता मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विमलेश यादव वडा नम्बर ७ का वडा अध्यक्ष संजय कुमार शर्मा, वडा नम्बर ४ का वडा अध्यक्ष प्रदिप यादव वडा नंवर ८ का वडा अध्यक्ष जिबछ यादव, इञ्जिनियर नन्दन कुमार झा वडा नम्बर ६ का वडा सदस्य सत्यम झा, ईलाका प्रहरी कार्यलय तरापट्टिका ईन्चार्ज सई मुक्ति नारायण चौधरी, पत्रकार, समाजसेवी वडावासी लगायतको उपस्थिति रहेको थियो ।