अप्पन जनकपुर
जनकपुरधाम । नेपाल पत्रकार महासंघ सिरहाको अध्यक्षमा मनोज कुमार बनैता यादव पुनः निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी रामबाबु यादवलाई तीन मतान्तरले पछि पार्दै बनैता निर्वाचित हुनुभएको हो ।
शाखाको अध्यक्षमा दोस्रो कार्यकालका लागि स्वतन्त्र समूहबाट यादव निर्वाचित हुनुभएको हो । उहाँले ३३ मत प्राप्त गर्नुभएको छभने नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपाल गठबन्धनका उम्मेदवार रामबाबु यादवले ३० मत र प्रेस सेन्टरका हिरालाल चौधरीले १२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, समितिको उपाध्यक्षमा रोयाण्टर मण्डल निर्वाचित हुनुभएको छभने महिला उपाध्यक्षमा उषाकुमारी यादव र यमुना खनालबीच बराबरी मत प्राप्त भएपछि आधाआधा कार्यकाल जिम्मेवारी लिने सहमति भएको छ । यस्तै, सचिवमा मुकेश यादव, सहसचिवमा ऐलिना हिङ्माङ्ग चौधरी र समावेशी सहसचिवमा धर्मेन्द्र पासवान, कोषाध्यक्षमा शुभनारायण कामतीसहित १५ सदस्य निर्वाचित भएका छन् ।