जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको अध्यक्षमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको गठबन्धनका उम्मेदवार श्याम बञ्जरा निर्वाचित भएका छन।
महासंघको मधेश प्रदेशको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा बञ्जरा निर्वाचित भएका हुन ।
प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट उम्मेदवार बनेका बञ्जरा ३१३ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी अवधेश झाले २४६ मत प्राप्त गरेका छन ।
महिला उपाध्यक्षमा प्रेस चौतारी नेपालकै उम्मेदवार ज्योती झा बिजयी भएकी छिन । त्यस्तै महासचिवमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्च लगायतका संगठनका साझा उम्मेदवार शैलेन्द्र महतो (क्रान्ति) निर्वाचित भएका छन । उनले ३९० मत पाएका छन ।
उहाँको प्रतिद्वन्द्वी राजन सिंहले ३२१ मत पाउनु भएको छ । सिंह प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवार हुनुहुन्थ्यो ।
महिला उपाध्यक्षमा ज्योती झा निर्वाचित हुनुभएको छ । उनले ३७१ मत प्राप्त गरेका छन । उनको निकटम प्रतिस्पर्धी हेम कुमारी (सुनिता) ले २३१ मत प्राप्त गरेकी छिन ।
त्यस्तै सचिवमा प्रेस सेन्टरका दिपक गौतम विजयी भएका छन । उनले २६५ मत ल्याएका छन । उनका निटतम प्रतिद्वन्द्व नविन कुमार नवलले २५० मत प्राप्त गरेका छन ।
मधेश प्रदेश अध्यक्षमा बिजयी बन्जारा मधेश प्रदेशका महासचिव हुन । त्यसअघि उनले पर्साको दुई कार्याकाल अध्यक्ष भएर आफ्नो नेतृतव क्षमता प्रर्दर्शीत गरेका छन ।