2024-12-22

Close

पर्सा –सीमा सुरक्षा र राजस्व छली नियन्त्रणको  जिम्मा पाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलकै संरक्षणमा तस्करी मौलाएको छ ।जिल्लाको पश्चिमी दक्षिणी  भारतीय सीमाना बार्व, झौवा,अमरपर्टी, मधवल लगाएतको नाकाबाट   सशस्त्र प्रहरीकै संरक्षणमा तीन महिना यता अवैध ओसारपसार मौलाएको स्थानीयको आरोप छ ।सशस्त्र प्रहरीकै लाईनमा अवैध ओसारपसार, तस्करी, राजस्व छलीमा वृद्धि भएको सर्वसाधारणको आरोप छ । भारतीय बजार संग जोडिएको अमरपर्टी लगाएतको नाकाबाट किराना,ईलेक्ट्रोनिक्स कस्मेटिक हार्डवेयर सामान, खाद्यान्न, प्रतिबन्धित चल्ला देखि सुर्तीजन्य पदार्थ, लत्ताकपडाको तस्करी मौलाएको छ ।सीमा नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहे पनि बिना भन्सार मालसामान भित्रिनुले पनि यो कुराको पुष्टी गरेको स्रोतको दाबी छ जिल्ला प्रहरी कार्यालय पर्साले विगत एक महिना पहिला झौवा बजारको ए गोदाममा  छापा हानि १ सय २० बोरा लहसुन पक्राउ गरेका थिए । उक्त लहसुन पक्राउ परेपछि सशस्त्र प्रहरीको संरक्षणमा नै तस्करी  भईरहेको रहस्य खुलेको थियो।सशस्त्र प्रहरीले देखावटीको लागि वीरगन्ज भन्सारको नाका र अलौनाकामा कडाई गरि घरयासी प्रयोजन तथा किराना सामानहरु पक्राउ गर्दा आएको हो भन्ने ग्रामीण भेगको नाकाहरुबाट गुल्म र बिओपीहरु आर्थिक लाभ बुझी ठुलो मात्रामा तस्करीको लाइन खुल्ला गरेका छन।सशस्त्र प्रहरी बिओपी बल अमरपर्टीका सशस्त्र प्रहरी निरीक्षक रोबिन ढुङ्गनाले आएको दिन देखिनै तस्करहरु संग डिएसपी ,एसपी देखि डिआईजी सम्मको तस्करी गराए बापतको रकम बुझदै आएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।सशस्त्र प्रहरीको संरक्षणमा मधवल नाकाबाट पर्साका स्वरोप भन्ने तस्करहरुको समूहले  कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरिरहेका छन् ।पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको छ ।उनीहरूले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातीको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ ।अमरपटी, मधवल, झौवा, ईटियाही लगायत इ चार गाउँमा मात्र ८० देखि १०० वटा सम्म कुखुरा फर्महरू तस्करी कै कुखुरा चल्लाको भरमा सञ्चालनमा रहेको छ । त्यसैगरि दुईजनाको समूहलेडाबरको पेस्ट, कास्मिटीक लेक्मी  क्रिम लगाएतको तस्करी  खुलेको छ ।त्यहाँबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हुँदै आएको छ ।सिल प्याक मदिरा तथा घरेलु मदिराको पनि अमरपर्टी सिमानाकाबाट तस्करी भइरहेको छ।लहसुनको पिकप र मोटरसाइकल रातभरी तस्करी हुदै आएकोले रातीमा सुत्न समेत कथिनाई रहेको एक स्थानियले बताएका छन।स्थानिय कपिल शाहको अनुसार प्रहरीलाई पटकपटक फोन गरेर ठुलो मात्रामा  तस्करी भईरहेको जानकारी गराए पनि प्रहरीले बन्द गर्नुको साटो उल्टै तस्करहरुको समूहलाई यो नम्बर बाट यो व्यक्तिले फोन गरेको बताई झग्डा समेत लगाउने गरेको गुनासो पुखे।तस्करी गराउन बापत लाखौं लाखौं रुपैयाँको नजराना बुझी रातीको समयमा विओपी प्रमुख ढुङ्गानाले आफै स्कटिङ्ग गरि सिमानाकाबाट माल सामानहरु कटाउन गरेको नाम नछाप्रने सर्तमा एक तस्करले बताएका छन्।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोद ढुंगेल र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले तस्करीमा कडाई गर्न निर्देशन दिदै आएपनि गुल्म र विओपी निर्देशन विपरीत ठुलो मात्रामा तस्करीको लाईन खुलाएका छन।धिमालको निर्देशन विपरीत सशस्त्र प्रहरीका गुल्म र बिओपीले ठुलो मात्रामा लहसुन पेस्ट र कुखुरा चल्ला , बेटरी , लत्ताकपडा लगाएतको बन्द हुन्छ कि हुदैन हेर्न बाकी छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर