2024-12-26

Close

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवालाई सुविधाका रुपमा नभइ जिम्मेवारीका रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बुधबारदेखि सुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्नुहुँदै उहाँले निजामती सेवा सुविधा नभइ जिम्मेवारी भएको बताउनुभएको हो । कर्मचारीले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गरे सुविधाहरू आफैं प्राप्त हुने उहाँको भनाइ छ ।

‘निजामती सेवा भनेको जिम्मेवारी हो, सुविधा होइन भन्ने बुझ्नु आवश्यक छ,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘तपाइँहरूले पनि जिम्मेवारीलाई प्राथमिकतामा राख्नु होला । पहिला जिम्मेवारी पूरा गरौँ । सुविधा आफैं प्राप्त हुन्छ ।’ कर्मचारीहरूले गर्ने कामसँग देशको गरिमा जोडिएको भन्नुहुँदै उहाँले राम्रो काम गरेमा सबैले सम्मान प्राप्त गर्ने बताउनुभयो ।

कर्मचारी प्रशासनको क्षेत्रमा अनेक समस्या रहेको र ती समस्या समाधान गर्न देशले इमान्दार र लगनशील कर्मचारी खोजिरहेको चर्चा गर्नुहुँदै मन्त्री गुप्ताले सामुहिक प्रयासबाट मात्रै ती समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि नवनियुक्त शाखा अधिकृतहरूमा टिकाउ अठोट र दृढ आत्मविश्वास विकास हुनुपर्नेमा जोड दिनुभयो । ‘हामीले नागरिकमा सरकार र सार्वजनिक सेवाप्रति भरोसा बढाउनु छ । त्यसका लागि हामीले हाम्रो व्यवहार सुधार गर्नुपर्छ । नागरिकलाई सम्मान गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

मन्त्री गुप्ताले लोकसेवाको परीक्षा पास गरे पनि कर्मचारीहरूले वास्तविक परीक्षा कार्यस्थलबाट दिनुपर्ने स्मरण गराउनुभयो । ‘तपाइँहरूले कापीमा लेख्ने परीक्षा पास गर्नु भएको छ । त्यो वास्तविक परीक्षा होइन । वास्तविक परीक्षा अब सुरू भयो । यो परीक्षामा दैनिक पास हुनुपर्छ । त्यसको जाँच नागरिकले लिन्छन् । म आशा गर्छु तपाइँहरू सफल हुनुहोस् । शुभकामाना पनि छ,’ उहाँले भन्नुभयो ।

कर्मचारीहरूको क्षमता विकास गर्न, आत्मवविश्वास बलियो बनाउन र सबैलाई निजामती सेवाप्रति प्रतिवद्ध बनाउन ‘आधारभूत प्रशासन प्रशिक्षण’ अत्यन्तै महत्वपूर्ण हुने उहाँको भनाइ छ । मन्त्रालयले यो तालिमलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । साथै, आगामी दिनमा यो तालिमलाई अझै उच्चस्तरीय बनाउन प्रतिष्ठानसँग निरन्तर छलफल गरिरहेको जानकारी दिनुहुँदै उहाँले क्रमिक रूपमा सुधार गर्दै लैजाने बताउनुभयो ।

‘तालिम अवधिभरि यहाँका नियमहरू पालना गर्नु होला । तालिममा पूर्ण ध्यान दिनु होला र सकेसम्म धेरै सिक्ने प्रयास गर्नु होला । प्रतिष्ठानले पनि तालिमलाई राम्रो बनाउन ध्यान दिनुहोला,’ मन्त्री गुप्ताले भन्नुभयो ।

‘कर्मचारीहरू नेता बोकेर सिंहदरबार धाउँछन्’

यसैगरी सो कार्यक्रममा मन्त्री गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताउनुभएको छ । कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको उहाँको भनाइ छ ।

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उहाँले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको समेत बताउनुभयो । ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ,’ मुख्यसचिव अर्याललाई ध्यानाकर्षण गराउनुहुँदै मन्त्री गुप्ताले भन्नुभयो, ‘मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो । यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न । जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ । यो पीडाबाट म आफै ‘परिसान’ छु ।’

अब आउने ३९औँ ब्याचका कर्मचारीहरूले त्यस्तो हर्कत नदोहो¥याउनेमा आफू विश्वस्त रहेको मन्त्री गुप्ताको भनाइ छ । ‘कमसेकम तपाइँहरूको यो ब्याचले यो काम (नेता बोक्ने) गर्ने छैन । तपाइँहरू गर्नुहुन्न भन्ने विश्वास छ । राम्रा मात्रै कामका लागि तपाइहरूलाई धेरै–धेरै शुभकामना छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर