वीरगन्ज १९ पुष
बिक्की कुमार
प्रहरी चौकी परवानीपुरका क्षेत्रहरूमा घुमुवा प्रहरी सहायक हवल्दार रामबाबु दासको घुमुवा आतंक बढेको छ।परवानीपुर चौकमा विभिन्न किसिमको चेकजाँचको बहानामा सवारीसाधनरुलाई रोकी प्रत्येक गाडीबाट १०० देखि १००० रुपैया सम्म असुल्ने गरेका छन।पर्सा र बाराको विभिन्न सिमानाकाहरुबाट अवेैधरुपले तस्करी गरि भित्राएको सामानहरु जितपुर बजार भई काठमाडौ सम्म तस्करहरुले पुर्याउने गर्छन् ।
तस्करीको सामानलाई बिचमे पक्राउ गरी रकम लिई छोडन समेत गरेको स्रोतले जनाएको छ।
परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मेग्जिन लामाले कलकारखाना, सवारीसाधन तथा तस्करहरु संग आर्थिक कारोबारको लागि प्रहरी हवल्दार दासलाई घुमुवाको रुपमा परिचालन गरेका छन।शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा सङलन हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक कुरा हो । आर्थिक प्रलोभनमा परेका नेपाल प्रहरीको घुमुवाले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समुहका मुख्य नाइकेहरू सङ्ग मेलमिलाप गर्न थालेपछि चोरी तस्करी बढेको पाइएको हो ।परवानीपुर प्रहरी चौकीमा कार्यरत रहेका प्रहरी सहायक हवल्दार दासले आफ्नो क्षेत्रमा आतंक नै मचाएपनि कार्यालय प्रमुख लामा मौन रहेका छन । ठुला बडा तस्कर र कलकारखाना संग मासिक रूपमा घुमुवा चन्दा उठाएर कार्यालय प्रमुख लामालाई बुझाउने गर्दछन ।यस्ता गतिविधी तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएकोछ।