2025-01-07

Close

जनकपुरधाम । माध्यमिक तृतीय श्रेणी सामाजिक विषयका शिक्षक मदन कुमार महरालाई धनुषाको हंसपुर नगरपालिकास्थित तपसी बाबा माध्यमिक विद्यालय टिल्हीको प्रधानाध्यापक नियुक्त गरिएको छ ।

महरालाई हंसपुर नगरपालिकाले वडा नम्बर–६ टिल्हीस्थित तपसी बाबा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी तोकेको हो ।

सो विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ बमोजिम शिक्षक कर्मचारीहरुको गत मंसिर २५ गते तथा विद्यालय व्यवस्थापन समितिको पुष २ गतेको बैठकको निर्णयानुसार कार्यरत शिक्षकहरु मध्ये महरा बरिष्ठतम स्थायी शिक्षक भएकोले उनलाई निमित्त प्रधानाध्यापकको रुपमा कार्य गर्न जिम्मेवारी तोकिएको हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले बताए ।

मंगलबार सो विद्यालयका संस्थापक एवम् समाजसेवी गंगाराम यादव, वडाध्यक्ष सुरेन्द्र कुमार मण्डललगायत समाजका भद्रभलादमीहरुको रोहबरमा महरालाई माला लगाई प्रधानाध्यापकको जिम्मेवारी तोकिएको छ ।

यसअघि विद्यालयका प्रधानाध्यापक रहेका बलराम ठाकुरले विद्यालयमा असंख्य हिनामिना गरेकोले उनलाई पदबाट हटाएर महरालाई प्रअको जिम्मेवारी दिइएको समाजसेवी गंगाराम यादवले बताए । उनले यसअघिका प्रअ ठाकुरले विद्यालयमा धेरै भ्रष्टाचार गरेको र विद्यालयको कम्प्यूटर, टेलिभिजनलगायतका अन्य थुप्रै चल अचल सम्पत्तीहरु आफ्नो घरमा लगेर प्रयोग गरिरहेको आरोपसमेत लगाए ।

ठाकुरले विद्यालयमा मनोमानी गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभरत यादवसँग मिलेर उनका ज्वाइँ राकेश कुमार यादवलगायत आफ्नो श्रीमति विभा ठाकुरलाई शिक्षकको रुपमा नियुक्त गर्दै अन्य शिक्षकहरुलाई पनि विगत एक महिनादेखि हाजिरी गर्न नदिएको बताए ।

स्थानीयले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष यादवकै मिलोमत्तोमा विद्यालयमा हिनामिना भएको र त्यसमा प्रधानाध्यापक ठाकुरले पनि साथ दिएको आरोप लगाए ।

प्रधानाध्यापक ठाकुरलको चलखेलका कारण अहिले विद्यालय प्रायः विद्यार्थीविहिन बनेको आरोप छ । कुनै समय हजारौँँको संख्यामा विद्यार्थी रहने यो विद्यालयमा अहिले खोजखाज पारेर विद्यार्थी भेला पार्नु पर्ने अवस्था छ । ठाकुरले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि विद्यालयको अवस्था खस्कदै गएको स्थानीयहरु बताउँछन् ।

स्थानीयका अनुसार पहिला राम्रै विद्यार्थी उपस्थित हुन्थ्यो तर, पछिल्ला दिनमा शिक्षकहरु नै विद्यालय नआउने भएपछि विद्यार्थी कम हुँदै गएको हो ।

‘करिब ४/५ वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाई हुन्थ्यो, हजारौँको संख्यामा विद्यार्थीहरू अध्ययनरत थिए । तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयो,’ वडाध्यक्ष सुरेन्द्र मण्डलले भने, ‘हामीले विद्यालय सुधारका लागि प्रअ ठाकुरसँग पटक पटक आग्रह गरिसक्यौं । तर, हाम्रा कुराको सुनुवाइ नै भएन, त्यसैले अहिले उनलाई परिवर्तन गर्न लगाएका छौं ।’

स्थानीय बुद्धिजिवि र अभिभावक भने प्रअ ठाकुरको हठका कारण विद्यालय धारासायी भएको बताउँछन् ।

यता, विद्यालयमा शिक्षक, अभिवावक, स्थानीय राजनीतिकर्मीहरुले विद्यालयलाई राजनीति गर्ने प्रयोगशाला बनाएपछि शैक्षिक क्षेत्रको अवस्था ओझेलमा परेको ठाकुर बताउँछन् । विद्यालयलाई राजनीतिक थलो बनाएपछि विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको उनको भनाइ छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर