2025-01-07

Close

जनकपुरधाम । जेसीजको ४२ औँ शाखा अधिवेशनबाट अध्यक्षमा मुकेश कुमार साग निर्वाचित हुनुभएको छ । सन् २०२५ को नेतृत्वका लागि भएको अधिवेशनमा अध्यक्षमा मुकेश कुमार साह र उपेन्द्र साह बीच प्रतिस्पर्धा भएको थियो ।

मुकेश कुमार साहले १२७ मत प्राप्त गरेर विजयी हुँदा उपेन्द्र साहले ५० मत प्राप्त गरेर उपविजेता हुनुभएको हो । जनकपुर जेसीजको कार्यकारिणी उपाध्यक्षमा १२८ मतसहित ओम प्रकाश साह र १०० मतसहित मनोहर निर्वाचित हुनुभयो । उपाध्यक्षमा राजेश ठाकुर १४९ मत, अमरेन्द्र कुमार साह १३९ मत, राम सोगारथ साह १३६ मत र सुबोध कुमार ठाकुर ११४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

जेसीजको विधान अनुसार अध्यक्षले महासचिवमा दिपक यादव, कानुनी सल्लाहकारमा प्रशान्त झा र कोषाध्यक्षमा भवेश कुमार झा मनोनीत गर्नुभयो ।

नव निर्वाचित अध्यक्ष मुकेश कुमार साहले जनकपुर जेसिजको गरिमा अझै उँचो बनाउने र नयाँ योजनाका साथमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर