बारा २१ पुस
बाराको विभिन्न नाकामा नेपाल प्रहरीले घुमुवा परिचालन गरेका छन।जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी जवान बिजय राय यादवलाई सिमानाकामा खटाएका छन्।नेपाल प्रहरीका घुमुवा यादवले सिमानाकामा तांडव मच्चाएका छन्।बारा प्रहरीका प्रमुख एवम प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई झुकाएर सिमानाका आर्थिक आतंक नै मच्चाएका छन।बाराको बलिरामपुर, मुशहार्वा , छातवा, मटिआर्वा,बसन्तपुर , कोचोर्वा नाका , सिम्रोनगंढ ,आम्वा खोपवा,गोलागन्ज , गढहल , बातरा टेढाकटी लगाएतको नाकाहरुबाट व्यापक रुपमा लत्ताकपडा , हाडयेवर, लहसुन , चिनी, कबाड र प्रतिबन्धित औषधी तस्करी भईरहेको छ।त्यसैगरि बाराको ग्रामीण भेगमा संचालन रहेका मदिरा भठ्ठीहर बाट पनि ५ हजार देखि १५ हजार सम्म रुपैयाँ प्रहरी जवान यादवले बुझ्दै आएको नाम नछाप्रने सर्तमा एक मदिरा पसलका संचालकले बताएका छन्।बारामामा परिचालन घुमुवा हाकिमका लागि पैसा असुल्ने गर्छन् । हाकिमलाई निश्चित रकम बुझाउने सर्तमा परिचालित हुने यस्ता घुमुवाले तस्कर, अपराधीसँग पैसा असुलेर तिनलाई संरक्षण दिने गरेका छन् । उनीहरू आफैसमेत अपराधकर्ममा संलग्न भएको पटकपटक खुलासा भएको छ । ‘घुमुवाको मुख्य काम यहाँका व्यवसायीलाई डर त्रास देखाएर हाकिमको नाममा पैसा असुल्ने हो,’ कलैया र प्रसौनी र जितपुर सिमरा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भने, ‘हामीले तिनलाई गोप्य सूचना संकलन गर्ने प्रहरी मानेका छैनौं ।’ अवैध कारोबार बढी हुने बारामा तस्करसँगको मिलेमतोमा घुमुवाले हाकिमका नाममा संस्थागत चोरी पैठारीमा समेत संलग्न हुन्छन् । प्रायः सादा पोसाकमा घुम्नेहरू महँगा मोटरसाइकल चढ्नरुचाउँछन् ।व्यापारीबाट हाकिमको नाँउमा रकम उठाउन प्रहरीको रुपमा चिनने गरेको बताएका छन्।विगत एक बर्षा देखि क्राईम शाखामा कार्यरत रहेका यादवले गुप्य सुचना संकलनको लागि खटाएपनि उनी सिमानाकामा व्यापारी माथि आंतक नै मच्चाएका छन। एक प्रहरी अधिकृत अनुसार ‘गोप्य सूचना बिना प्रहरी अपांग हुन्छ ।’ सशक्त पुलिसिङका लागि सशक्त घुमुवा परिचालन गर्नुपर्छ । अपराधीको घेरामा छिरी सूचना ल्याउने सादा पोसाकधारीको कर्तव्य हो । यसमा घुमुवाको कुनै गल्ती छैन भने, ‘उनीहरूलाई परिचालन गर्ने कमान्डर नै गलत भए ।’ बारामा घुमुवा खट्नका लागि प्रहरीले महिनाको २ लाखदेखि ३ लाख रुपैयाँ हाकिमलाई बुझाउने गरी टेन्डर हालेर आउँथे सम्बद्ध स्रोतको दाबी छ । व्यापारी, उद्योगीदेखि लिएर सर्वसाधारणलाई अपरिचित स्थानमा थुनेर पैसा असुल्ने कामले यहाँका घुमुवाहरू बदनाम छन् । एकताका सादा पोसाकधारीका कारण आतंकित बनेको बारा आतंकित बनेका छन। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी उपरीक्षक महेन्द्र खड्काले तस्करी बन्द गर्न निर्देशन दिएपनि उनको मातहात रहेका क्राईम शाखा र प्रहरी चौकीहरुले घुमुवा मार्फत रकम असुली गरि तस्करी लाईन दिदै आएका छन्।शान्ति सुरक्षा निम्ति खटाएको प्रहरी नेै रकममा लिप्त भएपछि अहिले बारामा प्रहरी प्रशासनको लापरबाहीले दिन्हु आपराधिक घटनाहरु घटदै आएको बाराबासिको भनाईछ।