2025-01-10

Close

जनकपुरधाम । सत्तारुढ जनमत पार्टीका मधेश प्रदेश सांसद संजय यादवले वर्तमान सरकारको सात महिनाको कामको विश्लेषण गरी सात वर्षको बेतिथि ढाकछोप गर्न नमिल्ने बताएका छन् ।

जनमत नेतृत्वको सरकारले सात महिनामा विकासको काम पनि अगाडी बढाउन नसकेको विषयमा विगत तीन दिनदेखि प्रदेशसभा बैठकमा बहस भइरहेको छ ।

सो सन्दर्भमा आजको प्रदेशसभा बैठकमा बोल्दै यादवले भने- विगतका सात वर्षको सरकारको बेथिति कहानी सबैलाई थाहा छ । त्यसैले चुनावमा फरक परिणाम आयो । फेरी पनि ०८४ को चुनाव आउँदैछ । कामको मुल्यांकन जनताले अवश्य गर्नेछ ।’

प्रतिपक्षी दलका साँसदहरुले रोजगारीको एजेण्डा जनमत पार्टीको हो तर जनमतकै सरकारले के गर्यो भन्ने प्रश्न मुख्यमन्त्रीसँग तेर्साएका छन् । त्यस विषयमा साँसद यादवले रोजगारीको एजेण्डा मात्र जनमतको हो भने सबै दलले आफ्नो एजेण्डा रोजगारी दिने नभएको भनेर स्वीकार्न चुनौती दिए ।

उनले बजेट खरिद विक्रीको जुन बेथिति छ, त्यसलाई रोक्न खुल्ला प्रतिस्पर्धा टेण्डरबाट काम गराउने निर्णय भएको बताए । उनले अर्थ बेगरको बहस रोकेर प्रदेशलाई समृद्ध बनाउने विषयमा केन्द्रित हुन आग्रह समेत गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर